पछिल्लो २४ घण्टामा २ हजार ६३४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । एक हजार ५ सय ६५ जना संक्रमणमुक्त बनेका छन् । १२ हजार ५८५ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १७१८ जना तथा एन्टिजेन विधिबाट ९१६ जनामा संक्रमण पुष्टि भएको हो ।
सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट ७ हजार ४९९ र एन्टिजेन विधिबाट ४ हजार २८ जनाको परीक्षण गर्दा २६२२ जनामा संक्रमण पुष्टि भएको थियो । यही अवधिमा थप २२११ जनामा कोरोना संक्रमणमुक्त भएका थिए ।
यही अवधिमा थप १५ जनाको कोभिड–१९ को संक्रमणबाट मृत्यु भएको छ । नेपालमा हालसम्म ९ हजार २६३ जनाले ज्यान गुमाइसकेका छन् ।
हाल २२ हजार ९६९ जना होमआइसोलेसनमा रहेका छन् भने २ हजार ५९ जना संस्थागत आइसोलेसन, आईसीयूमा ५६७ जना र भेन्टिलेटरमा १७१ जना रहेका छन् ।