Sunday, March 15, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home रंग

बराहक्षेत्रमा हुने जागृत रजत महोत्सवमा ‘द एक्स ब्यान्ड’ आउने

दिपक पुरी, बराहक्षेत्र by दिपक पुरी, बराहक्षेत्र
20/10/2019
in रंग
0
बराहक्षेत्रमा हुने जागृत रजत महोत्सवमा ‘द एक्स ब्यान्ड’ आउने
189
SHARES
581
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी । बराहक्षेत्रमा हुने जागृत रजत महोत्सवमा काठमाडौंबाट द एक्स ब्यान्डले प्रस्तुति दिने भएका छन् । सो महोत्सव कात्तिक ६ गते साँझ ६ बजेदेखि जागृत चोकमा आयोजना हुने छ ।

महोत्सवमा द एक्स ब्यान्डका साथै चतरा कुल डिर्जट ब्यान्ड , र्‍यापर सुमिन दाहाल, गोर्खाली टि.एस.लेस्स र लेडिज र्‍यापर कृस्ना खवास, विवोइङ, चतरेली डान्स, स्थानीय कलाकार सुबिव श्रेष्ठ, बराहक्षेत्र १ र २ मा रहेका निजि तथा सामुदायिक बिद्यालयका विद्यार्थीहरुको लगायत अन्य राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहने आयोजक जागृत युवा समाज जनाएको छ ।

READ ALSO

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

‘राष्ट्रिय बाल चलचित्र महोत्सव’ मा बाल लघु चलचित्र ‘गौँथली’ प्रदर्शन गरिने

बराहक्षेत्र २ साविक बराहक्षेत्र गा.बि. वाड नं. ४ मा रहेको पूर्व धरान जाने बाटो, पश्चिम सिंचाइ गेट जाने बाटो,उक्तर बयरबन बजार चतरा हुदै प्रसिद्ध बराहक्षेत्र मन्दिर जाने बाटो, दक्षिण आर्दश उच्च बिधालय तथा बराह आदर्श क्याम्पस जाने बाटो पर्ने बीच चौकको नाम हो ‘जागृत चौक’ । जसको नामकरण गरेको २५ वर्ष पुरा गरेको उपलक्ष्यमा ‘रजत महोत्सव’ आयोजना हुने भएको छ ।

२०५१ साल कात्तिक ६ गते स्थानीय युवाहरुले चोकलाई जागृत नामकरण गरेको २५ वर्ष पुगेको अवसरमा सांगीतिक कार्यक्रम गरि रजत महोत्सव आयोजना गर्ने पत्रकार भेटघाट कार्यक्रम गरि संयोजक रोशन श्रेष्ठले बताए ।

महोत्सवले हरेक वर्ष निरन्तरता पाउने कार्यक्रम संयोजक रोशन श्रेष्ठले बताए । करिब ४ लाख रुपैयाँ खर्च अनुमान गरिएको सो कार्यक्रमका लागि स्थानीयहरुबाट सहयोग समेत जुटिरहेको श्रेष्ठले बताए । जागृती चौकमा घर भइ हाल वैदेशिक रोजगारीका लागि विभिन्न देश गएकाहरुले महोत्सव सफल बनाउन सहयोग गरिरहेको श्रेष्ठको भनाइ छ । उनका अनुसार स्थानीयहरुले पनि सहयोग गरिरहेको र प्रायोजकको लागि समेत छलफल भइरहेको छ ।

यस अघि जागृतीका युवाहरुले विभिन्न सामाजिक कार्य गर्दै आइरहेको छ । सरसफार्इ, ज्ञानकुञ्ज पुस्तकालय स्थापनालगायतका कार्यक्रम गर्दै आएको जागृत युवा समाजले स्वास्थ्य समाज निर्माणका लागि कार्यक्रम आयोजनाको परिकल्पना गरिएको श्रेष्ठले बताए । पत्रकार सम्मेलमा जागृत चोक भनेर नाम जुराउने स्थानीय पुप्पदिप पौडेलले चोकको नामकरणको चर्चा गरेका थिए ।

पत्रकार सम्मेलनमा स्थानीय जागृत समुहका सल्लाहकार रजित दाहाल, बराहक्षेत्र फुटबल क्लबका अध्यक्ष चन्द्रबहादुर मगर (अनिल), आदर्स माबिका सह–प्राध्यापक ज्ञानबहादुर पाण्डे, बराह राईजिङ्ग इङलिस स्कुलका पिन्सिपल बिजय राई लगाएत स्थानीयको उपतिथि रहेको थियो।

अहिलेसम्म करिब २ लाख रुपैयाँ संकलन भएको आयोजकले जनाएको छ ।

Tags: जागृतद एक्स ब्यान्डबराहक्षेत्रमहोत्सवरंगरजत महोत्सवसांगीतिक

Related Posts

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
‘राष्ट्रिय बाल चलचित्र महोत्सव’ मा बाल लघु चलचित्र ‘गौँथली’ प्रदर्शन गरिने
रंग

‘राष्ट्रिय बाल चलचित्र महोत्सव’ मा बाल लघु चलचित्र ‘गौँथली’ प्रदर्शन गरिने

05/06/2024
चलचित्र महोत्सव २०८१ : अभिनेता शिव श्रेष्ठसहित दुई दर्जन चलचित्रकर्मी सम्मानित
रंग

चलचित्र महोत्सव २०८१ : अभिनेता शिव श्रेष्ठसहित दुई दर्जन चलचित्रकर्मी सम्मानित

26/05/2024
र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै
रंग

र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै

07/05/2024
झुम्का महोत्सवमा गायक प्रताप आउँदै
रंग

झुम्का महोत्सवमा गायक प्रताप आउँदै

12/06/2023
सकियो ‘इनरुवा उत्सव’, समापनमा गायिका एलिना चौहानकाे प्रस्तुति
रंग

सकियो ‘इनरुवा उत्सव’, समापनमा गायिका एलिना चौहानकाे प्रस्तुति

02/03/2023
Next Post
साना किसान कृषिमा सहकारीको पञ्चवर्षीय योजना सुरु, बेमौसमी तरकारीदेखि केरा खेतीसम्म

साना किसान कृषिमा सहकारीको पञ्चवर्षीय योजना सुरु, बेमौसमी तरकारीदेखि केरा खेतीसम्म

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.