Friday, April 17, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home समाचार

गजल सङ्ग्रह ‘सराब’माथि विमर्श तथा गजल वाचन

खबरबिट by खबरबिट
08/12/2024
in समाचार, साहित्य
0
गजल सङ्ग्रह ‘सराब’माथि विमर्श तथा गजल वाचन
88
VIEWS
Share on FacebookShare on Twitter

गजलकार कृष्ण काश्यपको गजल सङ्ग्रह ‘सराब’माथि विमर्श तथा गजल वाचन कार्यक्रम आयोजना गरिएको छ । क्यानभास साहित्य समाजको आयोजना तथा सङ्गीत साधना प्रतिष्ठान नेपालको सहकार्यमा शनिबार कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा काश्यपको गजल सङ्ग्रह ‘सराब’माथि गजलकार तथा कवि टीका आत्रेय र सुरेश सुवेदीले टिप्पणी राखेका थिए ।

READ ALSO

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

आत्रेयले गजललाई शील्पमा ढाल्ने काम गरिनु सबल पक्ष रहेको बताइन् । ‘विषय विविधताका दृष्टिकोणमा कलात्मक गजल छन्,’ आत्रेयले भनिन्, ‘गजल लेख्दा पनि अनुभूति हुनुपर्दोरहेछ । यो सङ्ग्रहमा पनि अनुभूतिसहित लेखिएको छ ।’

अर्का वक्ता सुवेदीले गजल सिद्धान्तभित्र रहेर लेखिनुपर्ने भएकाले पनि यसमा थुप्रै विवाद रहेको बताए । ‘ती विवादतिर नजाऔं, तर हामी क्रमशः सुधारिनुपर्छ,’ उनले भने, ‘गजल संरचनाको विधा चाहिँ हो ।’ उनले काश्यपका गजल सङ्ग्रहभित्र लयात्मक गजल रहेको बताए ।

‘हामी बच्चादेखि नै लयसँग खेल्दै आएका हौं । हामीलाई आमाले सुत् भन्नुभएन, गीत गाएरै सुताउनुभयो,’ सुवेदीले भने, ‘खाना खाँदा होस् वा फकाउँदा आमाले लयमै गीत गाउनुभयो । हामी सङ्गीतमा खाना खाएर आएका हौं, त्यसैले अवचेतन मनमा कहीँ न कहीँ लय आउँछ ।’

गजलकार काश्यपले भने आफ्नो उक्त पुस्तक दोस्रो कृति रहेकाले जुनसुकै प्रतिक्रिया पनि स्वीकार्य रहेको बताए । आफ्नो लागि ध्यान गर्नु र गजल लेख्नु उस्तै रहेको उनले बताए ।

काश्यपले भने, ‘विगतमा हामीले वैचारिक आन्दोलन नै जस्तो गरेर आएका हौँ । गजल किन र के का लागि लेखेँ भन्दा पनि महत्वपूर्ण कुरा त गजल लेख्नु नै मेरो लागि उपलब्धि हो ।’

कवि बद्री भिखारीको सभाध्यक्षमा भएको कार्यक्रमको दोस्रो चरणमा गजल वाचन राखिएको थियो । गजलकारद्धय राज भट्टराई र बबिता भुजेलले चार-चार वटा गजल वाचन गरे ।

सुनसरीको इनरुवा निवासी भट्टराई र खोटाङ घर भई मोरङको बूढीगंगा बस्दै आएकी भुजेलले गजल वाचन गरेका हुन् ।

कार्यक्रममा वक्ता र गजलकारहरूलाई कवि भिखारीसहित देवान किराती, सुदीप पाख्रिन र सुविद गुरागाईंले मायाको चिनो प्रदान गरेका थिए ।

सुमन रेग्मीले स्वागत मन्तव्य राखेको कार्यक्रममा कोशी प्रदेशका विभिन्न जिल्लासहित मधेस प्रदेशका सर्लाही र बागमती प्रदेशको चितवनबाटसमेत स्रष्टाहरू सहभागी भएको संस्थाका अध्यक्ष भरत दाहालले बताए ।

क्यानभास साहित्य समाजले १० वर्षयता विभिन्न साहित्यिक गतिविधि सञ्चालन गर्दै आएको सचिव विवेक विवश रेग्मीले बताए ।

Related Posts

चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

15/04/2026
इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
Next Post
कन्टेन्ट क्रिएटर्सलाई सशक्त बनाउन इटहरीमा शनिबार ‘क्रिएटर्स मेला’

कन्टेन्ट क्रिएटर्सलाई सशक्त बनाउन इटहरीमा शनिबार ‘क्रिएटर्स मेला’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.