Saturday, November 8, 2025
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home FEATURE

आमा ! हार्दिक श्रद्धाञ्जली !

खबरबिट by खबरबिट
14/05/2021
in FEATURE, साहित्य
0
आमा ! हार्दिक श्रद्धाञ्जली !
56
SHARES
1.4k
VIEWS
Share on FacebookShare on Twitter

“विनोद सर म टुटेँ… ”

यसपछि मेरो मोबाइलमा उतापट्टिकाे सन्नाटा गुन्जियाे ।

READ ALSO

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

मैले “के भयो ?” भनेर सोधिरहनु जरुरी नै ठानिनँ, किनकि अनपेक्षित समाचारको पुर्वाभाष मलाई यसै पनि थियो नै ।
फेरि उतैबाट रोदन मिश्रित आवाज आयो, “हामीले आमालाई बचाउन सकेनौँ । उहाँ भर्खरै ५२ वर्षकी हुनुहुन्थ्यो ।”,
मेरो पनि गला अवरुद्ध भयो ।

कहिले सिम्रिक एयरको कार्यालय सिनामङ्गल, कहिले अक्सिजन सिलिन्डरको खोजीमा सिफल, कहिले चेक साट्न इन्भेस्टमेन्ट बैङ्कको कौशलटार शाखामा, फेरि एकैछिनमा काखे छोरालाई लिएर बसेकी कोरोना सङ्क्रमित श्रीमतीको लागि खाना खाजाको व्यवस्था गर्न बालकोट र अधिकांश समय मोबाइलको घण्टीमा रहनुपर्ने बाध्यात्मक अवस्था ।
यस्तै थियाे, मेरा एक जना मित्रको दैनिकी ।

रेडियो नेपालको एउटा विभागको जिम्मेबारी समालिरहेका सुरज आचार्य यति बेला जुन सङ्कटमा छन्, त्यसको जानकारी उनका परिवारबाहेक मलाईमात्र थियो उनी त्यसै भन्थे । चिनजानको छोटो समयमा उनको मिम्यापको घेराभित्र म परेँ र उनी मेरा असल मित्र बने ।

अलि रिजर्भ टाइपका मान्छे, उनले मलाई सरकारले निषेधाज्ञा जारी गरेको भोलिपल्ट रेडियो नेपालको ल्यान्डलाइनबाट सोधेका थिए, “सर एउटा अक्सिजन सिलिन्डर व्यवस्था गर्नुपर्ने भो सकिन्छ ?”

काम होस् या नहोस्, हतपत हुन्न वा सकिन्न नभन्ने मेरो बानी उनलाई थाहा थियो । मैले उनको प्रस्तावलाई गाम्भीर्यपूवर्क लिएँ र मेरा चिनजानका गाउँले अभिभावक गोपाल दाइको डेरामा गएँ । गोपाल दाइ सिफल बस्छन् । आफू बसेकै घरमा अक्सिजनका लामा लामा सिलिन्डर राखेर उनी सानोतिनो मेडिकल सामग्रीको सप्लाई गर्ने गर्छन् भन्ने कुरा मलाई थाहा थियो ।

सिफल पुग्दा गेटैमा साउथ एसियन ट्रेडर्स प्रा.लिको साइनबोर्ड रहेको एउटा पुरानो घरको कम्पाउन्डमै अत्यन्तै व्यस्त अवस्थामा गोपाल दाइको परिवारै भेटियो । मैले प्रस्ताव राख्ता नराख्तै मेरा रेडियो नेपालवाला साथीको फोन आइहाल्यो, “सर, सिलिन्डर लिएर तुरुन्त बालकोट आइदिनुपऱ्यो । स्थिति जटिल छ ।”

मैले सोहीबमोजिम गोपाल दाइसँग कुरा गरेँ । सुरुमा सिलिन्डर जगेडा गर्नको लागि आएको हो कि भन्ने शङ्का गरेका साउथ एसियनका प्रोपाइटर गोपाल दाइले विषयवस्तुको गहिराइ बुझेपछि सोहीबमोजिम नजिकै रहेको टाटा मोबाइललाई अनुरोध गरे, केहीबेरमै सिलिन्डर र त्यसमा चाहिने अन्य मेडिकल इक्युपमेन्टसहितको टाटा मोबाइल बालकोट पुग्यो । तत्कालको समस्या टऱ्यो ।

म उस्तो सोर्सफोर्सवाला मानिस होइन तर मसँग सङ्गत भएका साथीभाइ र इष्टमित्रहरू भने यस कुरालाई त्यति धेरै विश्वास गर्दैनन् । जीवनका उत्पादनशील बैँसकाे समय तत्कालीन माओवादीको राजनीतिमा होमिएर निकै नै जटिल अवस्थामा एउटा सचेत जिल्लाको नेतृत्वको महत्त्वपूर्ण जिम्मेवारीमा रहेका कारण आज पनि मेरो राम्रै नेताहरूसँग चिनजान होला भन्ने ठान्नु अनाैठाे पनि हाेइन । मसँगको सङ्गतमा आएपछि पनि साथीहरूले म एउटा बालअधिकारको क्षेत्रमा काम गर्ने अन्ताराष्ट्रिय गैरसरकारी संस्थाको सामान्य कर्मचारी मात्र हुँ भन्ने कुरामा विश्वास गर्न गाह्रो मानिरहेको महसुस गर्छु म ।

तर नेपालको राजनीतिलाई पत्रकारिताको माध्यमबाट राम्रैसँग बुझेका सुरजलाई मेरो क्षमताका बारेका त्यति धेरै भ्रम छैन भन्ने कुरा मैले राम्रैसँग बुझेको छु । भोलिपल्ट फेरि उनै साथीको फोन आयो, “सर, आमा र भाइ दाङमा सिकिस्त छन् । भाइलाई काठमाडाैँ ल्याउन हेलिकप्टरको व्यवस्था गर्नुपर्ने भो ।”

सुरजले भाइले भनेका व्यक्ति उनकी श्रीमतीका भाइ हुन् । भर्खरै ३० लागेका र केही महिना अगाडि अन्तर्जातीय विवाह गरेका उनी केही समयपछि अमेरिका जाने तयारीमा छन् भन्ने कुरा मलाई सुरजले नै भनेका थिए । नवविवाहित भाइकी श्रीमती हाल अमेरिकामै छिन् ।

सुरजका सुसुरा दाङको तुल्सीपुरका एक माध्यमिक विद्यालयका प्राचार्य हुन् । उनले तुल्सीपुरमा आखाँमा राख्दा पनि नबिझाउने छवि बनाएका छन् भन्ने कुरा मैले तुल्सीपुरकै केही साथीहरूबाट सुनेको छु ।

भाइलाई लिन नर्भिक अस्पतालको चिकित्सकको टोलीसहितको सिम्रिक हेलिकप्टर उड्यो ।

भाइलाई शुक्रराज ट्रपिकलको इमर्जेन्सीमा २५ लिटरको पूर्णक्षमताको अक्सिजन दिएर उपचार सुरु गरियो । कुनै पनि हालतमा आइसियुमा राखेर भेन्टिलेटरसहितको उपचार गराउनुपर्ने अवस्था भए पनि त्यो उपलब्ध हुनको लागि या त उपचाररत अर्को बिरामी ठिक भएर सामान्य बेडमा सारिनु पर्थ्यो या बिरामी मर्नु पर्थ्यो । अन्यथा आइसियु खाली हुने सम्भावना नै थिएन ।

उता आमाको अवस्था चिन्ताजनक भएको खबर आयो । अत्यन्तै जटिल पारिवारिक अवस्था भएको मेरो मित्रको फोन आयो सर, “काठमाडौँमा आइसियु बेड सम्भव भएन । झापाको बिएन्डसी अस्पतालमा तपाईँको चिनजान छ । प्लिज… हेलिकप्टरसहितको चिकित्सक टिम व्यवस्था हुन्छ कि, कुरा गरिदिनु पऱ्यो ।”

मैले तुरुन्तै बिर्तामोडस्थित बिएन्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईँलाई फोन लगाए । धेरैले मेडिकल माफिया भनेर आरोप लगाउने गरेका प्रसाईँ मलाई भने एउटा साहसी मेडिकल व्यवसायी लाग्छन् । अस्पताल स्थापनाकालदेखि नै प्रसाइँसँगको निकटता भएको कारण म उनलाई हरेक हिसाबले चिन्छु । कोभिड व्यवस्थापनमा अस्पताल क्षमता बढाउन अहोरात्र लागेका प्रसाइँले आफ्नो व्यस्तताका बाबजुद पनि अस्पतालका जनसम्पर्क अधिकृत प्रमिस गिरीमार्फत मेडिकल टिमसहितको हेलिकप्टर व्यवस्थापनको तारतम्मे मिलाउने आश्वासन दिए ।

सबै कुरा सकेसम्म चाँडै नै हुँदै थियो । हेलिकप्टरमा आमालाई ल्याउने तयारी पनि हुँदै थियो । सामाजिक सञ्जालहरूमा आमाको मुख हेर्ने दिनका शुभकामना सन्देशहरू छरपस्ट आइरहेकै थिए । कतिपयले आफ्ना चिनजान र आफन्तहरूको मृत्यु भएकोमा श्रद्धाञ्जलिका पोस्टहरू गरिरहेका थिए । कोही बहुमतले प्रधानमन्त्रीलाई अस्वीकार गरेकोमा खुसी भएका पोस्टहरू पोस्ट्याइरहेका थिए । अरू कति प्रधानमन्त्रीले संसद् भवनमा बोलेका कुरा निकै साहसिक भएको जनाउका पाेस्टहरू गरिरहेका थिए । म अफिसको एउटा भर्चुअल मिटिङ सकेर गठ्ठाघरको डेरा कोठाको बाहिरपट्टि लबीमा मोबाइल स्क्रिनमा यी सबै कुरा हेरिरहेको थिएँ ।

अचानक फेरि मोबाइलमा घण्टी बज्यो । शुक्रराज ट्रपकिल तथा सरुवा रोग अस्पतातको चौरमा टुक्रुक्क बसेर एउटा हात टाउकामा राखेर उता सुरजजी अवरुद्ध गलामा बोलिरहेका थिए-

सर हामीले आमालाई बचाउन सकेनौँ ।

म टुटेँ ।

अब म के गरूँ ?

श्रीमतीको अक्सिजन लेबल मेन्टेन भएको छैन । उन्ले आमा गुमाइन् । ३ दिनदेखि अक्सिजन लिएर बसेकी उनलाई म के भनेर सम्झाऊँ ?

छोराले ‘भोक लाग्यो, घर कतिबेला आउने ?’, भनेर फोन गरिरहेको छ ।

भाइको अक्सिजन लेबल घटेर ४० को हाराहारीमा पुगेको छ । उसको नाकबाट रगत बगिरहेको छ । बुबासमेत सङ्क्रमित भएको खबर छ ।

“प्रिय सुरजजी ! सम्मालिनुहोला । हाम्रा आफन्तहरुको श्रद्धाञ्जलि दिन भए पनि हामी बाँच्नुपर्छ ।” मेरो मुखबाट यतिमात्र निस्कियो । त्यसपछि मलाई थाहा भएन, फोन सुरजजीले काटे या मैले नै रातो बटन थिचेँ ।

आमाको मुख हेर्ने दिन । मैले आमाको तस्बिर राखिनँ । बरु अर्जुन पराजुलीको एउटा भाइरल कविता सेयर गरिदिएँ-

मान्छेहरू आमा जीवित रहुन्जेल
आफू खिर खान्छन्
र
आमालाई भौकै राख्छन्

मान्छेहरू आमाको मृत्युपछि
आफू भोको बस्छन्
र
आमालाई खिर ख्वाएको नाटक गर्छन् ।

Tags: श्रद्धाञ्जलिसाहित्य

Related Posts

पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने
FEATURE

आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने

24/06/2025
साईग्रेस पोखरेलको पुस्तक ‘द स्टोरीटेलर’ सार्वजनिक
साहित्य

साईग्रेस पोखरेलको पुस्तक ‘द स्टोरीटेलर’ सार्वजनिक

16/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

बढ्यो पेट्रोल र डिजेलको मूल्य

15/06/2025
Next Post
प्रधानमन्त्रीकाे सपथमा ‘ईश्वर’ र ‘प्रतिज्ञा’ आउट

प्रधानमन्त्रीकाे सपथमा ‘ईश्वर’ र ‘प्रतिज्ञा’ आउट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.