रामधुनी / केही दिन यता गर्मी अत्यधिक बढे पछि सुनसरीकाे रामधुनी नगरपालिकाले शिक्षण संस्थाहरू दुई दिनका लागि बिदा दिएकाे छ ।
बढ्दो गर्मीका कारण बालबालिकाहरूको स्वास्थ्यमा प्रतिकूल प्रभाव परेको नगरपालिकाले सबै सामुदायिक र संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
गर्मीले विद्यार्थीहरुकाे स्वास्थ्यमा समस्या परेकाे र पठनपाठनमा असर परेकाे भन्दै पालिकाले बुधबार एक पत्र जारी गर्दै सामुदायिक, धार्मिक तथा सस्थागत विद्यालयहरुलाइ विदा दिन अनुराेध गरेकाे हाे ।
याे पनि : गर्मी अत्यधिक बढेपछि इटहरी र धरानमा दुई दिन विद्यालय बन्द