सुनसरी । बराहक्षेत्र नगरपालिका भित्र रहेको ११ वटा वडा कार्यालयमा कार्यरत सचिवहरुलाई नगरपालिकाले फेरबदल गर्ने भएको छ ।
तत्कालनि गाउँ विकास समितिको कार्यालयमा कार्यरत कर्मचारी नगरपालिका भएपछि वडा सचिव भएका थिए । उनीहरु निजामती कर्मचारी भए पनि एउटै स्थानमा काम गर्दै आएका थिए । नगरपालिका पहिलो पटक कर्मचारी फेरबदल गर्न लागेको अधिकृत सातौं मनु कुमार लिम्बूले बताए ।
बराहक्षेत्रमा ११ वटा वडा भए पनि सचिव भने ८ जना मात्रै छन् । एउटै सचिवले २ वडामा समेत सेवा दिइरहेका छ्न् । अहिले ८ वटा सचिवले ११ वडा चलाएका छन् ।
वडा नम्बर १मा लक्ष्मण पौडेल, २ मा गोपाल शर्मा, ३ मा पुर्णमाया पौडेल, ४ र ५ मा निलम कार्की, ८ मा गंगामाया लिम्बू, ९ मा होमप्रसाद लिम्बु, १० मा सुर्य पौडेल र ११ मा गौरी रायलाई फेरबदल गर्न सरुवा चिठी पठाएको लिम्बूले जानकारी दिए । लिम्बूका अनुसार केही फेरबदल भएर जाने क्रममा छन् भने केही तयारी गरिरहेका छन् ।