सुनसरी । सुनसरीको बराहक्षेत्र २ चतरामा श्रीलक्ष्मी बेङ्कटेश रामानुज सत्संग मन्दिरले आवासीय अतिथि सदन निर्माण गर्ने भएको छ ।
चतरा पुनर्वासमा रहेको मन्दिरले शिक्षा, स्वास्थ्य र साधनायुक्त तिरुपती बालाजी दिव्यधाम निर्माणको कार्य कात्तिक २० गते शुभारम्भ गर्ने निर्माण समितिका अध्यक्ष हरी प्रपन्नचार्य कोइरालाले बताए । कोइरालाका अनुसार पूर्वी नेपालमै पहिलो पटक तिरुपती बालाजी दिव्यधाम निर्माण हुने भएको हो ।
प्राचिन धार्मिक ग्रन्थ बराह पुराणमा समेत वर्णन गरिएको दिव्य तपोभूमिमा बन्न लागेको दिव्यधामका लागि निर्माण समितिले सहयोग जुटाईदिनसबै सँग आह्वान समेत गरेको अध्यक्ष कोइरालाले बताए ।
दिव्यधाम निर्माण समितिले सुविधा सम्पन्न दिव्यधामको डिजाइन समेत गरिसकेको छ । लक्ष्मी बेङ्कटेश मन्दिरले २५ वर्षदेखि श्रीमद्भागवत सप्ताह लगाउँदै आएको छ ।