रामधुनी । सुनसरीको झुम्कामा थारु डान्स स्टार–२०७६ सिजन–२ को अडिसन शनिबार सुरु भएको छ । थारु जागरण अभियानद्वारा सञ्चालित थारु डान्स रामधुनीको झुम्काबाट सुरु गरिएको हो ।
गाउँ तथा शहरमा रहेका थारु युवा युवतीमा लुकेको प्रतिभालाई उजागर गर्ने उद्देश्यले थारु डान्स स्टार प्रतियोगिताको विभिन्न सहरमा अडिसन सुरु गरिने त्यस मध्ये अडिसनको क्रममा शनिबार झुम्काबाट पहिलो अडिशन सुरु गरिएको कार्यक्रम संयोजक निशान प्रकृति थारुले जनाकारी दिएका छन् ।
शनिबार भएको पहिलो अडिसनमा झुम्काबाट ५० जना सहभागी मध्ये ३३ जना छनौट भएको छन् ।
प्रतियोगितामा उत्कृष्ट हुनेलाई थारु डान्स स्टार–२०७६ बाट सम्मान गरिने छ । प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमश: १ लाख, ५० हजार र २५ हजार तथा शिल्ड प्रमाण पत्र प्रदान गरीने थारु जागरण अभियान सुनसरीका अध्यक्ष तारादेवी चौधरी बताएकी छन ।
सुनसरीका इनरुवा, झुम्का, इटहरी, दुहवी, लगायत कलाबञ्जार बजारहरुमा क्रमश अडिशन गर्दै लैजाने आयोजकले जनाएको छ ।
