सुनसरी । बराहक्षेत्र नगरपालिका २ चतरामा रहेको प्रगति सांस्कृतिक समुहले एक दिने निःशुल्क आखा शिविर गर्ने भएको छ ।
बराहक्षेत्रका स्थानीय युवायुवती तथा वृद्धवृदाहरुलाई मध्यनजर गर्दै पुस १ गते मंगलबार शिविर गर्ने भएको हो । बराहक्षेत्र २ मा रहेको स्थानीय आदर्श माबिमा स्कुलमा उक्त शिविर संचालन हुने समुहका अध्यक्ष अरुण राईले बताए ।
शिविरमा मोतिबिन्दु हुनेलाई निःशुल्क शल्यक्रिया तथा औषधि समेत हुने राईले बताए । उक्त शिविरमा प्राबिधिक सहयोग भने ग्लोबल आखा केन्द्र काठमाडौको रहेको छ ।
काठमाडौबाट नेपालकै ख्याति प्राप्त आखा सम्बन्धी चिकित्सकहरु सहभागी रहने राईले बताए । उक्त शिविरमा भेटिएका बिरामीलाई इटहरीमा रहेको हस्पिटलमा शल्यक्रिया गर्ने आयोजकले जनाएको छ ।








