Thursday, February 19, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home स्थानीय

तीन दशकदेखि बेसारसँग चामल साट्दै बराहक्षेत्र चियाबारीका कृषक

खबरबिट by खबरबिट
04/01/2020
in स्थानीय
0
तीन दशकदेखि बेसारसँग चामल साट्दै बराहक्षेत्र चियाबारीका कृषक
168
SHARES
753
VIEWS
Share on FacebookShare on Twitter

बाबुराम कार्की । बराहक्षेत्र (चियाबारी) : सुगम जिल्ला सुनसरीको दुर्गम गाँउ बराहक्षेत्र नगरपालिका वार्ड नंं. १ मा पर्ने चियाबारी गाँउका स्थानीय कृषक तीन दशक देखि बेसार सँग चामल साट्दै आएका छन् । चियाबारी गाँउ भौगोलिक विकटताले गर्दा पछि परेको छ । धरान बाट एक घण्टाको यात्रा र चतराबाट एक घण्टाको गाडीको यात्रापछि पुगिन्छ चियावारी ।

यस क्षेत्र डाँडाकाडा भएकाले धान, मकै लगायतका अन्नहरु उत्पादन अत्यन्तै कम हुने गरेको छ । यस क्षेत्रमा बसोबास गर्दै आएका स्थानीयहरु दुई दशकभन्दा अगाडिदेखि बेसार खेति गर्दै आएका छन् । स्थानीयहरु बेसार, अम्लिसो, अदुवाखेति गरेर जिविको चलाउदै आएका छन् । चियावारी वासीहरु भन्छन् ‘सुनसरी लाई सबैले सुगम जिल्ला भन्छन् तर, हाम्रो पीडा हामीलाई मात्र थाहा छ ।’

READ ALSO

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

चियावारीका कृषकहरुले रोपेको आठ महिनामा उत्पादन दिने खेतिबाट जीविपार्जन गरिरहेका छन् । ‘हामीले चैत, बैशाखमा रोपेको बेसार पुस, माघमा खन्न तयार हुन्छ,’ स्थानीय तपेन्द्र राईले भने, ‘त्यही बेसार बेचेर चामल किन्ने गरेका छौँ ।’

पानीको राम्रो व्यवस्था नहुँदा स्थानीयहरुले मौसमी र बेमौसमी जातका तरकारी खेति गर्न पछि परिरहेको छन् । ‘पानीको व्यवस्था नहँुदा तरकारी खेति गर्न गह्रो भएको छ । यहाँको प्रमुख बाली भनेकै बेसार खेति हो ।,’ स्थानीय कृषक राई भन्छन्, ‘बेसार फले घर चलाउन सजिलो हुने, बेसार कम फले घर चलाउनै समस्या पर्छ ।’

तपेन्द्रले यस वर्ष १ विघाह १० कठ्ठा क्षेत्रफमा लगाएको बेसार, अम्लिसो, अदुवा खेतिबाट १ लाख रुपैयाको बिक्री गरेका छन् । चियावारीका स्थानीयहरु पहिला मकै, कोदो रोपेर जिविको चलाउँदै आएका थिए । पछि अदुवा, बेसार लगाउन थालेपछि दैनिकी गुजारा सहज भएको विकासले बताए ।

एउटै बारीमा एउटै खेती गरिरहँदा कम फल्दो रहेछ । बेसारसँगै मकै लगाएर घुसुवा वालि लगाउँदै आएको अर्का कृषक दीपक राईले बताए । ‘बेसार खन्ने बित्तिकै बिक्री हुँदै,’ उनले भने, ‘त्यसलाई उसिनेर सुकाएपछि र धुलो बनाएपछि मात्रै बिक्रीको लागि तयारी हुन्छ ।’

हुडेप नेपाल सुनसरीको आयोजना तथा युएनडिपिको सहयोगमा सञ्चालित वेसार खेति, अम्लिसो खेति र भुक्षय नियन्त्रण गर्न स्थानीयहरुलाई तालिम दिएपछि थप खेति गर्ने प्रविधिहरुको जानकारीले सहयोग पु-याएको कृषक दिपक राईले वताए । थोरै कृषकले मात्र उन्नततरिकाबाट खेति गर्दै आएका थिए । गाउँमै आएर कृषक लाई प्रयोगात्मक रुपमै सिकाए पछि कृषकहरु उन्नत तरिकाले खेति गर्न थलेका हुन् ।

बेसार खेतिसँगै अम्लिसो खेति तालिम दिएपछि किसानहरु व्यवसायिक अम्लिसो खेति गर्न थालेका हुन् । किसानहरुले बारीको कान्लामा अम्लिसो रोपेर राम्रो आम्दानी लिँदै आएका छन् । किसानहरुले उत्पादन गरेको बेसार, अम्लिसो, तरकारीहरु धरान, चतरा लगेर विक्रि गर्दै आएका छन् ।

किसानहरुले उत्पादन गरेका सबै बस्तुहरु रसायिनिक मल र विषादी रहित खेति गर्दै आएको कृषक अर्जुन राईले बताए ।

Tags: कृषकबराहक्षेत्रहुडेप नेपाल

Related Posts

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
रामधुनीमा शैक्षिक संस्था बिहीबारबाट बन्द (सूचनासहित)
FEATURE

गर्मी अत्यधिक बढेपछि रामधुनीका विद्यालय दुई दिन बन्द

29/05/2024
इटहरीका कर्मचारी र जनप्रतिनिधिले आफ्ना सन्तानलाई सरकारी विद्यालयमा नै पढाउनुपर्ने
समाचार

गर्मी अत्यधिक बढेपछि इटहरी र धरानमा दुई दिन विद्यालय बन्द

29/05/2024
र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै
रंग

र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै

07/05/2024
Next Post
बराहक्षेत्रमा गुन्जियो दुई कविका कविता

बराहक्षेत्रमा गुन्जियो दुई कविका कविता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.