सुनसरी । बराहक्षेत्र ३ नडाहामा मोटरसाइकल दुर्घटना हुँदा एक गम्भीर घाइते भएका छन् ।
पकली नडाहा कञ्चनपुर सडकखण्डमा शुक्रबार राति करिब ८ बजे चतरादेखि नडाहा सोमबारे जाने क्रममा को २७ प ५६८६ नम्बरको मोटरसाइकल अनियन्त्रित हुँदा चालक कुमार राई गम्भीर घाइते भएका हुन् ।
बराहक्षेत्र ७ सोमबारे बस्ने करिब २७ वर्षका चालक राईको टाउकोमा गम्भीर चोट लागी उपचार गर्न धरान बिपि हस्पिटलमा उपचार गर्न लगिएको इलाका प्रहरी कार्यालय प्रमुख शरण कुमार दाहालले बताए ।
दुर्घटना भएको मोटरसाइकल भरौल प्रहरी चौकीले नियन्त्रणमा लिएको छ ।