Monday, January 19, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home स्थानीय

बराहक्षेत्रमा बसन्तऋतुका विद्यार्थीले गरे विद्यालयमा तालाबन्दी, नगरपालिकामा नाराबाजी

दिपक पुरी, बराहक्षेत्र by दिपक पुरी, बराहक्षेत्र
27/01/2020
in स्थानीय
0
बराहक्षेत्रमा बसन्तऋतुका विद्यार्थीले गरे विद्यालयमा तालाबन्दी, नगरपालिकामा नाराबाजी
93
SHARES
547
VIEWS
Share on FacebookShare on Twitter

बराहक्षेत्रमा बसन्तऋतुका विद्यार्थीले गरे विद्यालयमा तालाबन्दी, नगरपालिकामा नाराबाजी

विद्यालयमा राजनीति गरेको भन्दै बराहक्षेत्र–७ देवीघाटस्थित बसन्तऋतु माविका विद्यार्थीहरुले विद्यालयमा आइतबार तालाबन्दी साथै नगरपालिकामा धर्ना समेत दिएका छन् ।

READ ALSO

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

अहिले विद्यालयमा पठन पाठन समेत अवरुद्ध भएको छ । उनीहरुले विद्यालयमा तालाबन्दी गरेपछि विद्यार्थीहरु बाटोमा नाराबाजी गर्दै बराहक्षेत्र नगरपालिकाको गेटमा समेत नाराबाजी गरेको थिए ।

विद्यालय प्रशासन, व्यस्थापन समितिसँग अंग्रेजी शिक्षक तत्काल नियुक्त गर्न माग गर्दै तालाबन्दी गरेका हुन् । विद्यालय प्रशासनले व्यवस्थापन समिति चयन प्रकृयामा राजनीतिकरण गरेको, अंग्रेजी पढाई गर्ने शिक्षक नल्याएको विरोधमा उनीहरुले एक दिन कक्षा बहिस्कार गर्दै तालाबन्दी गरेको विद्यार्थीहरुले बताएका छन् ।

गत असोज १३ देखि तत्कालिन व्यस्थापन समितिको कार्यकाल सकिए पनि नयाँ समिति प्रकृया राजनीतिक खिचातानीले ढिलाई हुँदा विद्यार्थीको सुविधा र शिक्षा व्यवस्थापनमा असर परेकोले तालाबन्दी गरिएको कक्षा १० का छात्र सुमन बस्नेतले बताए ।

उनका अनुसार माग पूरा नभए अनिश्चितकालिन तालाबन्दी गरिने छ । व्यवस्थापन समिति गठन गर्न विद्यालय प्रशासनले मंसिर १३ गते अभिभावक भेला बोलाए पनि सहमति नजुटेकाले मंसिर १८ गते दुई पुरुष र दुई महिला अभिभावकहरुबाट खेमराज उदास, इन्दिरा पराजुली, अम्बिका बजगाई, गोपाल घिमिरेलाई सदस्यमा चयन गरेको थियो ।

शिक्षा ऐन २०२८ को दफा १२ को उपदफा १ बमोजिम २ अनुसार वडा कार्यालयका प्रतिनिधि, शिक्षक प्रतिनिधि, प्रध्यानाध्यापक र ४ जना मध्ये जेष्ठ सदस्यको अध्यक्षतामा बसेको पहिलो बैठकले चन्दादाताबाट दयाराम रेग्मी र मिनाकुमारी राई पनि सदस्यमा चयन ग¥यो । तर महिना बितेपनि समितिको अध्यक्ष चयन नभएकाले विद्यार्थीले ध्यानाकर्षण गराएको हो ।

व्यस्थापन अध्यक्ष नहुँदा शिक्षक नियुक्ति प्रकृया रोकिएको, विद्यालयमा राजनीति पसेको, गुणस्तरीय शिक्षा अन्य क्रियाकलापहरु हुन नसकेको विद्यार्थीहरु बताउँछन् । प्रधानाध्यापक कुमारप्रसाद भट्टराईले व्यवस्थापन समिति गठनमा अध्यक्ष को रहने विवाद हुँदा ढिलाई भएको बताए ।

उनका अनुसार सोमबार निर्णय हुने मिति तय भएको छ । अंग्रेजी शिक्षक नियुक्ती प्रकृयामा रहेको र विद्यालयमा करारमा रहेकी माबि तहकी अंग्रेजी शिक्षिका इन्दिरा काफ्ले आयोग उत्तिर्ण गरेर बिदाइ भएपछि शिक्षक नभएको बताए ।

‘समिति र शिक्षक अभावले बिद्यार्थीहरुमा पुगेको असुबिधा चाडो भन्दा चाडो टुंगोमा पु¥याइने छ ।’ उनले भने । व्यवस्थापन समितिमा शिक्षक प्रतिनिधि इन्द्रप्रसाद भट्टराइले सहमति पनि नहुने निर्वाचन प्रकृया पनि नहुँदा समिति चयनमा ढिलाइ भएको बताए ।

उनले वडा प्रतिनिधिको रुपमा सदस्य वडाध्यक्ष वीरबहादुर लिम्बू र चन्दादाता रेग्मी चुनाब प्रकृयामा जान नमान्दा ढिला भएको बताए । व्यवस्थापन अध्यक्षमा नेकपाका दयाराम रेग्मी र कांग्रेसबाट गोपाल घिमिरे दाबेदार रहेका छन् ।

Tags: तालाबन्दीबराहक्षेत्रबराहक्षेत्र नगरपालिकाविद्यार्थी

Related Posts

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
रामधुनीमा शैक्षिक संस्था बिहीबारबाट बन्द (सूचनासहित)
FEATURE

गर्मी अत्यधिक बढेपछि रामधुनीका विद्यालय दुई दिन बन्द

29/05/2024
इटहरीका कर्मचारी र जनप्रतिनिधिले आफ्ना सन्तानलाई सरकारी विद्यालयमा नै पढाउनुपर्ने
समाचार

गर्मी अत्यधिक बढेपछि इटहरी र धरानमा दुई दिन विद्यालय बन्द

29/05/2024
र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै
रंग

र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै

07/05/2024
Next Post
न्यु जेनेरेसन च्यालेन्ज कप : सुर्योदय युथ क्लब बक्लौरी सेमिफाइनल प्रवेश

न्यु जेनेरेसन च्यालेन्ज कप : सुर्योदय युथ क्लब बक्लौरी सेमिफाइनल प्रवेश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.