रामधुनी नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ का लागि करिब ६२ करोड बजेट बिनियोजन गरेको छ ।
नगरपालिकाले बुधबार सातौं नगरसभामा नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै ६१ करोड ८१ लख ८९ हजार ९ सय रुपैयाँ अनुमानित बजेट बिनियोजन गरेको हो ।
नगरपालिकाकी उपप्रमुख सविना चौधरीले चालु खर्च रकम ३५ करौड ५८ लाख ३७ हजार रुपैयाँ र पुजीगत खर्च रकम २६ करोड २३ लाख ५२ हजार रुपैयाँको सारांश प्रस्तुत गरेकी थिइन् ।
नगरप्रमुख जयप्रकाश चौधरीको सभाध्यक्षमा भएको नगरसभामा नगर उपप्रमुख तथा बार्षिक योजना कार्यक्रम तर्जुमा समितिकी संयोजक चौधरीले बजेटको प्रस्ताव प्रस्तुत गरेकी हुन् ।
सभाले शिक्षा बिकासका लागि भासि माध्यमिक बिध्यालयलाई सिटिईभिटि मार्फत प्राबिधिक कक्षा संचालनमा ल्याउने नीति पारित गरेको छ । त्यस्तै बक्लौरी स्थित आदर्शमाबिलाई नमुना विद्याालयको रुपमा विकास गर्ने, सामुदायिक विद्यालयहरुमा कक्षा ११ मा भर्ना हुने सम्पूर्ण विद्यार्थीहरुलाई निशुल्क पठनपाठनको व्यवस्था मिलाइने, नगरको आफ्नै बारुण यन्त्र खरिद गर्ने, वडा नं. ५ मा सामुदायिक विद्यालय स्थापना गरि संचालनमा ल्याइने लगायतका महत्वपूर्ण नीतिहरु समेत पारित भएका छन् ।
पूर्णपाठका लागि यहाँ क्लिक गर्नुहाेस् ।