सुनसरीको बराहक्षेत्र नगरपालिकामा आर्थिक वर्ष २०७७/७८ मा नगरसभाले ८७ करोड ३३ लाख ८९ हजार ३ सय ९६ रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
जसमा आन्तरिक आय अनुमान (मौज्दात रहेको समेत) १५ करोड ५१ लाख ३६ हजार ७ सय केन्द्रीय सरकारबाट सशर्त अनुदान ३७ करोड ७२ लाख, केन्द्र वित्तीय सामानीकरण अनुदान १९ करोड ५ लाख, राजस्व बाँडफाट केन्द्रबाट १३ करोड ६ लाख ८३ हजार ६ सय ९३ रुपैयाँ, प्रदेश सरकारबाट वित्तीय सामानीकरण ८२ लाख ६९ हजार, प्रदेश सरकारबाट शसर्त अनुदान १६ लाख समपुरक अनुदान प्रदेश सरकारबाट १ करोड गरि जम्मा ८७ करोड ३३ लाख ८९ हजार ३ सय ९६ रुपैयाँको बजेट सार्वजनिक गरेको हो ।
आर.एस.डी.सी. देवानगंजबाट २९ लाख ८१ हजार ३ सय, सीएसडीसी देवानगंज २९ लाख २३ हजार ३३ रुपैयाँ, कोकन १४ लाख ८६ हजार ७ सय ८५ रुपैयाँ युथ क्रियसन रामधुनी १२ लाख ४१ हजार ४ रुपैयाँ, सेभ द अर्थ इनरुवा ८ लाख ३३ हजार ८ सय ९ रुपैयाँ, ग्रामीण उद्दम तथा बिप्रेशन आयोजना ४७ लाख २६ हजार ३ सय ८० गरि जम्मा संघ संस्था तर्फबाट १ करोड ४१ लाख ९२ हजार ३ सय ११ रुपैयाँ बजेट नगरपालिकाले प्राप्त गरेको छ ।
जसमा चालू खर्च ११ करोड ३८ लाख ४७ हजार, बराहक्षेत्रको ११ वडा कार्यालयलाई पुजीगत ५ करोड ५० लाख, बराहक्षेत्र नगरपालिकाको पुजिगततर्फ ३१ करोड ५७ लाख ४२ हजार ३ सय ९३ रुपैयाँ रहेको छ । जसमा केन्द्रिय सरकारबाट सशर्त अनुदान ३७ करोड ७२ लाख र प्रदेश सरकारबाट सशर्त अनुदान १६ करोड समपुरक प्रदेश सरकार बाट १ करोड गरि जम्मा खर्च ८७ करोड ३३ लाख ८९ हजार ३ सय ९६ रुपैया रहेको हो ।
जसमा आर्थिक वर्ष ७७र७८ को पुजिगत तर्फ पुर्वाधार विकास तर्फ ८ करोड ७५ हजार सामाजिक विकास तर्फ ६ करोड ३४ लाख १० हजार, आर्थिक विकास तर्फ ४ करोड ९३ लाख ३० हजार, सुशासन तथा क्षमता विकास तर्फ ८९ लाख २ हजार ३ सय ९३ रुपैयाँ वन वातावरण तथा विपत् व्यवस्थापन तर्फ १ करोड ६६ लाख, समपुरक कोषतर्फ ५ करोड त्रामागत योजना भुक्तानी तर्फ ४ वडातर्फ पुजिगत ५ करोड ५० लाख गरि ३७ करोड ७ लाख ४२ हजार ३ सय ९३ पुजिगत तर्फ रहेको छ ।