सुनसरीको बराहक्षेत्रमा स्थापना गरिएको ग्रामीण पत्रकारिता पुरस्कार कोषमा प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले २५ हजार रुपैयाँ सहयोग गर्ने भएको छन् ।
सोमबार बराहक्षेत्रमा कोशी सम्मान साप्ताहिक पत्रिकाको आठौं वार्षिकोत्सवमा अधिकारीले ग्रामीण पत्रकार समुहको सो कोषमा २५ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन् ।
सोही वार्षिकोत्सव कार्यक्रममा पत्रिकाका प्रकाशक तथा सम्पादक हिरणीय कार्कीले समेत कोशी सम्मान पत्रकारिता पुरस्कार कोष स्थापना गर्ने घोषण गरेका छन् । पत्रिकाको नामबाट आउने वर्षदेखि यस कोषबाट पत्रकारलाई पुरस्कृत गर्ने कार्कीले बताए । सुनसरीको साविक महेन्द्रनगरबाट २०७० सालदेखि साप्ताहिक रुपमा प्रकाशन हुँदै आएको कोशी सम्मान साप्ताहिक पत्रिकाले आफ्नो आठौं वर्षमा प्रवेश गरेको छ ।
उक्त वार्षिक उत्सव साथै बराहक्षेत्रमा सामुदायिक पत्रकारिता विकास र चुनौती साथै सम्भावनाहररुको विषयमा भएको अन्तरक्रियामा बोल्दै नेपाल प्रेस युनियन सुनसरी शाखा सभापति साथै कार्यक्रमका विशेष अतिथि अधिकारीले बराहक्षेत्र नगरपालिकामा रहेर पत्रकारिता गर्दै आउने पत्रकारहरु आवद्ध रहेको ग्रामीण पत्रकार समूहलाई पुरस्कार कोष स्थापना गर्नका लागि आफ्नो तर्फबाट २५ हजार रुपैयाँ सहयोगको घोषणा गरेका हुन् ।
दुईवर्ष अगाडिदेखि जिल्ला प्रशासन कार्यालय इनरुवामा दर्ता भइ बराहक्षेत्र नगरपालिकालाई कार्यक्षेत्र बनाएर ग्रामीण पत्रकार समुह दर्ता भएको थियो । अहिले बराहक्षेत्र नगरपालिका भित्रका १७ जना विभिन्न सञ्चारमाध्यममा क्रियाशिल छन् ।
कार्यक्रमका प्रमुख अतिथि पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खड्काले समेत उक्त ग्रामीण पत्रकार समुहले स्थापना गरेको अक्षय कोषमा आर्थिक सहयोग गर्ने घोषण गरेका छन् । उक्त कोषबाट समूहले आफ्नो स्थापना दिवसको अवसर पुरुस्कृत गर्न अग्रह गरेका थिए ।
कोशी सम्मान साप्ताहिक आठौं वर्षमा प्रवेश गरेको अवसरमा नेपाल पत्रकार महासंघ सुनसरीका सभापति अमर खड्काको प्रमुख आतिथ्यता रहेको वार्षिकोत्सव कार्यक्रममा नेपाल प्रेस युनियन सुनसरी शाखाका सभापति पवन अधिकारीको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा कोशी सम्मान साप्ताहिकका सल्लाहकार संयोजक रणद्यित दासको सभापतित्वमा भएको कार्यक्रममा ग्रामीण पत्रकार समुहका पूर्वअध्यक्ष बाबुराम कार्की, नेपाल प्रेस युनियन बराहक्षेत्रका अध्यक्ष संगम विष्टलगायतको उपस्थिति रहेको थियो ।
बराहक्षेत्र नगरपालिका भित्र अहिले एउटा सामुदायिक एफएम, दुई वटा साप्ताहिक पत्रिका, एक अनलाईन, दुई वटा युटुब च्यानल छन् भने केही दिनपछि एक दैनिक पत्रिका सञ्चालनमा आउन लागेको छ ।