Saturday, February 21, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home FEATURE

झुम्का-सिंगिया सडकखण्डमा कालोपत्रे सुरु, बगैँचा र लाइटसहितको ड्रिम प्रोजेक्ट

आर.बी. कटवाल by आर.बी. कटवाल
13/08/2020
in FEATURE, स्थानीय
0
झुम्का-सिंगिया सडकखण्डमा कालोपत्रे सुरु, बगैँचा र लाइटसहितको ड्रिम प्रोजेक्ट
36
SHARES
906
VIEWS
Share on FacebookShare on Twitter

रामधुनी । लामोसमयदेखि धुलो र हिलोको समस्यामा रुपमा रहँदै आएको झुम्का सिंगिया सडकखण्डमा कालोपत्रे सुरु भएको छ । सुनसरी मोरङ सिँचाइ आयोजनाको नहर छेउको सो सडकखण्डमा कालोपत्रे सुरु भएको हो ।

हाल नगर र प्रदेशले छुट्याएको रकममा सकड कालोपत्रे भइरहेको वडा नम्बर ५ का अध्यक्ष डेगराज फूयालले बताए । उनका अनुसार सो सडकखण्ड ४ लेनको बन्ने छ । वडाले अघि सारेको ड्रिम प्रोजेक्टको योजनालाई अहिले प्रदेश र नगरले मुर्त रुप दिएको उनको भनाई छ ।

READ ALSO

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

झुम्का चोकदेखि हालको वडा नम्बर ३ को कार्यालय (सिंगिया)सम्म करिब ३ किलोमिटर सडकखण्डमा कालोपत्रे सुरु भएको हो ।

डिपीआर बजेट १४ करोड रुपैयाँ

निर्माणमा प्रदेश सरकारले डिपीआरमा जम्मा १४ करोड रुपैयाँ बजेट छुट्याएको छ । बहुवर्षीय योजनामा निर्माण सुरु भएको योजनाको सम्झौता भने गत फागुनमै भएको थियो ।

कोभिड १९ ले गर्दा यस आर्थिक वर्षमा प्रदेशले बजेट नछुट्याएपनि अघिल्लो आ.व.कै एक करोड ५० लाख र रामधुनी नगरपालिकाको ७५ लाख गरी कुल दुई करोड २५ लाख रुपैयाँको लागतमा अहिले कालोपत्रसहितको निर्माण योजना सुरु गरिएको फुयालको भनाइ छ ।

बगैँचा र लाइटसहितको योजना

नगरकै ड्रिम प्रोजेक्टको रुपमा रहेको यस सडकखण्ड कालोपत्रेको योजना अन्तर्गत सो खण्डको बीचमा बगैँचा समेत राखिने भएको छ । वडाध्यक्ष फुयालका अनुसार सडकमा दुबैतिर सात सात मिटर र बीचमा ८ फिटको गरी ४ लेनको सडक बन्ने र कालोपत्रे हुने छ । ‘यो ड्रिम प्रोजेक्ट हो, सडक ४ लेनको हुन्छ,’ उनले भने, ‘दुबै साइडको छेउछेउमा लाइटको व्यवस्था हुनेछ भने बीचमा आकर्षक बगैँचा निर्माण हुन्छ ।’

यसका साथै छेउमा रहेको सिँचाइ आयोजनाको नहरलाई सरसफाइसहित व्यवस्थित गर्ने र बोटिंगसहित हाल निर्माण भइरहेको सडकको छेउमा साँझ बजार लाग्ने व्यवस्थ मिलाउने उनको भनाइ छ । ‘साँझको समयमा नहर किनार तथा सकड छेउमा भेटघाट गर्न मिल्ने गरी नहर समेत सरसफाइ हुन्छ,’ उनले भने, ‘यसले पर्यटन विकासमा समेत टेवा पुर्याउँछ भन्ने आशा छ ।’ यसका साथै छेउछेउमा रुख रोपेर हरियाली समेत बनाउने योजना रहेको उनको भनाइ छ ।

लकडाउनले ढिलाई

सो सडकखण्ड कालोपत्रे गर्न नेपालमा लकडाउन सुरु हुनु अघि अर्थात गत फागुन मै सम्झौता भएको थियो । प्रक्रियागत ढंगले ठेकेदार कम्पनी आह्वान गरी सो प्रोजेक्ट इनरुवाको साह निर्माण सेवाले पाएको थियो । लकडाउन र कोभिड १९ को संक्रमण फैलिन सक्ने अवस्थालाई मध्यनजर गरेर सम्झौतापछिको यस अवधिमा काम गर्न नसकिएको बताइएको छ ।

सर्वसाधरणलाई सहज

सो सडकखण्ड निकै लामो समयदेखि सर्वसाधरणले समस्या भोग्दै आएका थिए । वर्खायाममा अत्यधिक हिलो, खाल्डो र पानी जम्ने र अन्य समयमा उत्तिकै मात्रामा धुलो उड्ने समस्या रहेको थियो ।

हाल कालोपत्रे सुरु भएपछि सो बाटो नियमित हिँड्ने सर्वसाधरणले भने अब राहत पाउने स्थानीयको भनाइ छ । धुलो, हिलोलगायतका समस्या भोग्दै आएका रामधुनीका ३ का कमल चौधरीले अब भने सो सडकहुँदै आवतजावत गर्न सहज हुने बताए ।

यता रामधुनी मेडिकल हलका सञ्चालक समेत रहेका मनिष गेलालले सो बाटोले अब धेरैलाई सहज हुने बताए । हिलो, खाल्डो र धुलोको मारमा रहेका सर्वसाधारणलाई अब सो समस्या नहुने उनको भनाइ छ ।

Tags: कालाेपत्रेखबरबिट स्थानीयरामधुनीसडक निर्माण

Related Posts

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने
FEATURE

आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने

24/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

बढ्यो पेट्रोल र डिजेलको मूल्य

15/06/2025
Next Post
चैत्र २५ सम्मलाई लम्बियो ‘लकडाउन’को अवधि

उपत्यकामा १३४ जनासहित देशभरी ६३८ जनामा संक्रमण पुष्टि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.