बराहक्षेत्र । बराहक्षेत्र नगरपालिका वडा १ चतरामा रहेको आइसोलेसनमा शनिबार एकै दिन दुई जनाको मृत्यु भएको छ ।
बराहक्षेत्र वडा नम्बर ७ बस्ने ३६ वर्षका कोरोना संक्रमित पुरुष र दिउँसो ४ बजे बराहक्षेत्र १० बस्ने ४२ वर्षका पुरुषको मृत्यु भएको हो ।
३६ वर्षीय पुरुष शुक्रबार राति करिब ११ बजे नोबेल मेडिकल कलेजबाट उपचार गरि चतरा आइसोलेशनमा बस्न आएका थिए । उनलाई कोरोना पोजेटिभ देखिए पनि निमोनियाको समेत बिरामी रहेका थिए ।
दिउँसो मृत्यु हुने ४२ वर्षका पुरुष्मा करिब ५ वर्षदेखि एचआईभी पोजेटिभ, क्षयरोग र दम रोगबाट पीडित थिए । उनको धरान बिपि हस्पिटलमा कोरोना टेस्ट गर्दा रिपोर्ट पोजेटिभ आएको थियो ।
हाल चतरास्थित आइसोलेसनमा ८पुरुष र १४ महिला गरी २२ जना संक्रमित रहेको स्वास्थ्यकर्मी प्रमोद यादवले बताए । अहिलेसम्म बराहक्षेत्र कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ ।
अहिले आइसोलेशमा जम्मा २२ जना जसमा महिला ८ पुरुष १४ जना रहेका छन