रामधुनी । कोरोना संक्रमण दर बढ्दै गएपछि सुनसरीको इनरुवा नगरपालिकाले अनिश्चितकालका लागि भेला हुन रोक लगाएको छ ।
इनरुवा नगरपालिकाले आइतबार एक सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि नगरपालिका भित्रका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ । साथै नगरभित्र कुनै पनि किसिमका भेला, आमसभा, मेला, जात्रा, सभासम्मेलन, खेलकुद गतिविधिलगायत भीडभाडहुने कार्यक्रम र स्थानरुमा पूर्ण रुपमा रोक लगाएको हो ।
पछिल्लो समय इनरुवा क्षेत्रका विद्यालयका बालबालिकामा कोरोना संक्रमण देखिएको र समुदायमा समेत फैलिएकाले रोकथाम तथा नियन्त्रणका लागि यो निर्णय गरेको नगरालिकाद्वारा जारी सूचनामा उल्लेख छ । नगरभित्रका सरोकारवालाहरुबीचको छलफलले सो निर्णय गरेको हो ।
साथै अत्तिआवश्यक काम गर्दा स्वास्थ्य मापदण्ड पालना गर्न समेत नगरपालिकाले आग्रह गरेको छ ।
पछिल्लो समय सुनसरीमा समेत कोरोना संक्रमणको दर बढ्दै गइरहेको छ ।