सुनसरी । २३ औं टुबोर्ग गोधुली फुटबल रनिङ कपमा आजदेखि सेमिफाइनलका खेलहरू सुरू भएकाे छ।
धरानमा जारी उक्त प्रतियोगीतामा पहिलो पटक ५ नं. वडा गोधुली फुटबलको सेमिफाइनलमा प्रवेश गरेको हो । वडा नं. ५ ले पहिलो खेलमा १३ नं. वडालाई २–० गोल अन्तरले पराजित गरेको थियो ।
त्यसैगरी वडा नं. ३ र वडा नं. १ लाई क्रमशः ३–१ र ४–२ गोल अन्तरले पराजित गर्दै वडा नं.५ प्रतियोगिताको पहिलो पटक गोधुली रनिङ कपको सेमिफाइनलमा प्रवेश गरेको हो भने धरान १५ ले वडा नं. १२ र ११ लाई क्रमशः ३–० र १–० ले गोल अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो । वडा नं. १५ ले १४ औं संस्करणको गोधुलीको उपाधी जितेको थियो ।