Wednesday, January 14, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home मुख्य समाचार

कोसी प्रदेशमा सवारी दुर्घटना र मृत्यु दरमा कमि

सचेतनाका कार्यक्रम र कारबाही राजश्वमा वृद्धि

खबरबिट by खबरबिट
05/08/2023
in मुख्य समाचार
0
कोसी प्रदेशमा सवारी दुर्घटना र मृत्यु दरमा कमि
9
SHARES
216
VIEWS
Share on FacebookShare on Twitter

गत आर्थिक वर्ष २०७९/०८० मा अघिल्लो वर्ष भन्दा दुर्घटनाको दरमा कमी आएको छ । एक दशक यता हरेकवर्ष निरन्तर वृद्धिदर बढिरहेको भएपनि विभिन्न सचेतनाका कार्यक्रमहरु, प्रभावकारी ट्राफिक व्यवस्थापन, राजमार्ग आसपासका हाटबजार व्यवस्थापनलगायतका कारणले दुर्घटनाको दरमा कमि आएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले जनाएको छ ।

यस वर्ष तीन हजार पाँच सय १० वटा सवारी दुर्घटना भएको छ । अघिल्लो आर्थिक वर्ष २०७८/०७९ मा तीन हजार ८ सय २० वटा सवारी दुर्घटना भएको थियो । तुलनात्मक रुपमा ८ दशमलव ११ प्रतिशतले सवारी दुर्घटनामा कमी आएको छ ।

READ ALSO

भूकम्प मापन केन्द्रको टोली जाजरकोटमा

ब्राउन सुगर सहित २ जना पक्राउ

हालको ट्राफिक व्यवस्थापनको अवस्थाबारे जानकारी दिँदै कोशी प्रदेशका ट्राफिक प्रहरी प्रमुख एसपी श्यामकुमार महतोले दुर्घटना, घाइते तथा मृत्यु हुनेको अनुपात समेत घटेको बताएका छन् । आर्थिक वर्ष २०७८/०७९ मा कोसी प्रदेशमा पाँच सय ३१ जनाले ज्यान गुमाएका थिए भने आर्थिक वर्ष २०७९/०८० मा चार सय १२ ले ज्यान गुमाए । यो २२ दशमलव ४१ प्रतिशतले कमि हो । त्यसैगरी गम्भीर घाइतेको दरमा पनि ३२ दशमलव ६६ प्रतिशतले कमि आएको महतोले बताए । २०७८/०७९ मा एक हजार दुई सय तीनजना गम्भीर घाइते भएकोमा गत आर्थिक वर्ष २०७९/०८० मा आठ सय १० जना गम्भीर घाइते भएका छन् । सामान्य घाइते हुनेको दरमा पनि करिब १२ प्रतिशतले कमि आएको छ ।

कारबाही राजश्वमा वृद्धि, तीनलाख भन्दा बढीलाई कारबाही
कोसी प्रदेशमा कारबाहीको दरमा भने वृद्धि भएको छ । कार्यालयले आर्थिक वर्ष २०७९/०८० मा तीन लाख भन्दा बढीलाई कारबाही गरेको छ । आर्थिक वर्ष २०७८/०७९ मा दुई लाखख ६९ हजार आठ सय २३ जनालाई कारबाही गरेकोमा आर्थिक वर्ष २०७९/०८० मा ११ दशमलव ८७ प्रतिशत बढी अर्थात तीन लाख एक हजार आठ सय ७१ जनालाई कारबाही गरेको छ । मापसे कारबाहीमा करिब ६४ प्रतिशतले वृद्धि भएको छ । कारबाही राजश्वमा समेत ११ दशमलव ४२ प्रतिशतले वृद्धि भएको छ । ट्राफिक प्रहरी प्रमुख एसपी महतोका अनुसार आर्थिक वर्ष २०७९/०८० मा २० करोड सात लाख ३५ हजार पाँच सय कारबाही राजश्व संकलन गरेको छ । आव २०७८/०७९ मा १८ करोड एक हजार ५९ हजार मात्रै राजश्व संकलन गरेको थियो ।

ट्राफिक व्यवस्थापन र सचेतनाका कार्यक्रम बढाउँदै
कार्यालयले दुर्घटना न्यूनीकरण गर्नका लागि ट्राफिक व्यवस्थापन र सचेतनाका कार्यक्रमहरु बढाइरहेको छ । आर्थिक वर्ष २०७८/०७९ मा झण्डै चार लाखजना लाभान्वित हुनेगरी १९ हजार आठ सय ३३ पटक सचेतनाका कार्यक्रम गरेको थियो । गत आर्थिक वर्ष २०७९/०८० मा करिब ३५ प्रतिशतले वृद्धि गरी ६ लाख भन्दा बढी लाभान्वित हुनेगरी २६ हजार ६ सय ६४ पटक सचेतना कार्यक्रम गरेको ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । बाटोमा जथाभावी रोकेर राखेको मालबाहव सवारीलाई समेत ह्विल लकको प्रयोग गरी कारबाही गर्न थालिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । ट्राफिक प्रहरी प्रमुख एसपी महतोका अनुसार विराटनगरमा राडर गनसहितको सीसी क्यामेरा राखिएको, लापसे चेक गर्न थालिएको, सडक चिन्ह थप गरिएको, एकतर्फी बाटो कार्यान्वयन, कन्भेक्स स्टिकर टाँस, पकेट निर्माण लगायतका क्रियाकलापहरुले समेत दुर्घटनामा कमि आएको हो ।

कार्यालयले प्रदेशमा सबैभन्दा बढी दुर्घटना हुने ६ स्थानमा राडर गनसहितको सीसी क्यामेरा राख्न पहल गरिरहेको जनाएको छ । गत १ साउनबाट सुनसरीको इटहरीस्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले बैंकमार्फत जरिबाना दाखिला गर्नुपर्ने व्यवस्था सुरू गरेको छ । पहिलो चरणमा विराटनगर, धरान, इटहरी, बिर्तामोड र दमक क्षेत्रभित्र जरिबाना भुक्तानीमा बैंकिङ प्रणाली लागू गरिएको हो । नियम उल्लंघन गरेबापत ट्राफिक प्रहरीले जारी गर्ने २४ घण्टे पूर्जीमा उल्लेख गरिएको राजस्व बापतको रकम बैंकिङ प्रणालीमार्फत दाखिला गर्नुपर्ने जनाइएको छ । त्यसपछि मात्र प्रहरीले कारबाहीका लागि सम्बन्धित व्यक्तिबाट नियन्त्रणमा लिएका कागजपत्र फिर्ता गरिने महतोले जानकारी दिए ।

१ साउनबाटै सवारी चालकले नियम उल्लंघन गरेको अभिलेख व्यवस्थित गर्न ‘ट्राफिक भाइलेन्स रेकर्ड सिस्टम’समेत लागू गरिएको छ । यो प्रणालीअन्तर्गत अभिलेखमा चालकले पटक–पटक गरेका कसूरको विवरण उल्लेख हुनेछ । पाँच पटकभन्दा बढी सवारी नियम उल्लंघन गर्ने चालकको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) निलम्बन गरिने छ ।

 

Tags: Bannerकोसी प्रदेशट्राफिक व्यवस्थापनसवारी दुर्घटना

Related Posts

भूकम्प मापन केन्द्रको टोली जाजरकोटमा
मुख्य समाचार

भूकम्प मापन केन्द्रको टोली जाजरकोटमा

08/01/2024
धरानमा लागूऔषधसहित तीन पक्राउ
अपराध

ब्राउन सुगर सहित २ जना पक्राउ

20/06/2023
धरानमा लागूऔषधसहित तीन पक्राउ
अपराध

चोरी मुद्धाका एक फरार प्रतिवादी पक्राउ

16/06/2023
खोटाङमा छतबाट खसेर नाबालिकाको मृत्यु
प्रदेश खबर

रूखमा घाँस काट्दा एक को मृत्यु

16/06/2023
नक्कली कागजपत्र पेस गरी नागरिकता बनाउन खोज्ने दुईजना पक्राउ
मुख्य समाचार

नक्कली कागजपत्र पेस गरी नागरिकता बनाउन खोज्ने दुईजना पक्राउ

15/06/2023
भोजपुरमा खोलाले बगाएर सब–इञ्जिनियरको मृत्यु
प्रदेश खबर

भोजपुरमा खोलाले बगाएर सब–इञ्जिनियरको मृत्यु

15/06/2023
Next Post
लैंगिक हिंसा बढ्दो : सबैभन्दा बढी मधेस प्रदेशमा

लैंगिक हिंसा बढ्दो : सबैभन्दा बढी मधेस प्रदेशमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.