गत मंगलबार साँझ भएको बस दुर्घटनामा १७ जनाको मृत्यु भएकोमा सबैको सनाखत भएको छ ।
प्रहरीले सनाखत गरी ९ वटा शव मृतकका आफन्तलाई बुझाएको छ भने एकै परिवारका ८ जनाको शव आफन्त नहुँदा अझै धुलिखेल अस्पतालमा राखिएकाे छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका सुचना अधिकारी डिएसपी ढुण्डीराज न्यौपानेका अनुसार मृतक १७ जनाकै पोस्टमार्टम भैसकेको र तीमध्ये नौ जनाको शव परिवारले बुझेर धार्मिक रीतिरिवाजअनुसार दाहसंस्कारका लागि लगेका छन । बाँकी ८ वटा शव बुझ्ने आफन्त नहुँदा धुलिखेल अस्पतालमै रहेको न्यौपानेले बताए । उनीहरूको परिवारमा दुईजना घाइते अवस्थामा रहेका छन् भने एकजना विदेशमा रहेका छन् ।