सुनसरी । २३ औं टुबोर्ग गोधुली फुटबल रनिङ कपमा धरान १५ फाइनलमा प्रवेश गरेकाे छ । बुधबार भएकाे पहिलाे सेमिफाइनल खेलमा वडा नं. ५ लाइ पराजित गर्दै फाइनलमा पुगेकाे हाे ।
धरानमा जारी उक्त प्रतियोगीतामा पहिलो पटक ५ नं. वडा गोधुली फुटबलको सेमिफाइनलमा प्रवेश गरेको थियाे । वडा नं. ५ ले पहिलो खेलमा १ नं. वडालाई ४–२ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको थियो ।
धरान १५ ले वडा नं. ११ लाई १–० ले गोल अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको थियाे। सेमिफाइनलमा वडा नं. ५ लाइ पराजित गर्दै बुधबार फाइनलमा गरेकाे हाे । धरान १५ नं. वडाले दाेस्राे सेमिफाइनलकाे विजेतासंग प्रतिस्पर्धा गर्ने छ । वडा नं. १५ ले यस अधिकाे १४ औं संस्करणको गोधुलीको उपाधी जिति सकेकाे छ ।