इटहरी / केही दिन यता गर्मी अत्यधिक बढे पछि इटहरी र धरान उपमहानगरपालिकाले शिक्षण संस्थाहरू दुई दिनका लागि बन्द गर्ने निर्णय गरेको छ ।
बढ्दो गर्मीका कारण बालबालिकाहरूको स्वास्थ्यमा प्रतिकूल प्रभाव परेको भन्दै इटहरी र धरान उपमहानगरपालिकाले जेठ १७ र १८ गते सबै सामुदायिक र संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
अत्यधिक गर्मीले यस क्षेत्रको जनजीवन कष्टकर बनेको भन्दै बिदा दिएको इटहरीका नगर प्रमुख हेमकर्ण पौडेलले जानकारी दिए ।