झापा र उदयपुरबाट लागुऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार बेलुका झापाको झापा गाउँपालिका ६ बाट एक र उदयपुरको कटारी नगरपालिका ७ बाट दुई गरी तीन जनालाई पक्राउ गरेको हो ।
झापा ७ स्थितमा लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले जाँचको क्रममा भारतबाट नेपाल तर्फ आउँदै गरेका झापा गाउँपालिका ५ का ४२ वर्षीय तेहेरुदिन शेखलालई २८ ग्राम ३५ मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको हो ।
यसै गरी उदयपुरको कटारी ७ स्थितमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले ताप्ली गाउँपालिका १ का ३० वर्षीय सरोज राई र २८ वर्षीय दल बहादुर राईलाई १२ किलो ग्राम लागूऔषध गाँजासहित नियन्त्रणमा लिएको छ ।
लागूऔषधसहित पक्राउ परेका उनीहरुको आवश्यक कानुनी कारवाही तथा थप अनुसन्धान भइहरेको प्रहरीले जनाएको छ ।