भोजपुर । भोजपुरमा धारिलो हतियार प्रहार गरी एकै परिवारका चार जनाको हत्या भएको छ ।
आइतबार (आज) बिहान करिब साढे ४ बजे भोजपुरको रामप्रसाद राई गाउँपालिका २ धोद्लेखानी का ६८ वर्षीय बेलबहादुर गिरीको घरमा आएका ज्वाइँ भोजपुर २ हेलौछा स्थायी घर भएका ३० वर्षीय राजेन्द्र राईले हतियार प्रहार गरेका हुन् ।
बिहान घरायसी विवादपश्चात् राईले ससुरा ६८ वर्षका बेलबहादुर गिरी, सासुआमा ४५ वर्षकी मन्जु गिरी, सालो बर्ष ९ वर्षका का सपन गिरी र श्रीमती १५ वर्षकी मनिषा गिरीको हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनी असार १२ गतेदेखि ससुराली घरमा बस्दै आएका थिए ।
घटनास्थलमा प्रहरी चौकी ओख्रेबाट टोली खटिएर हतियार प्रहार गर्ने राजेन्द्रलाई पक्राउ गरेको छ । मृतकहरुको शवलाई जिल्ला अस्पताल भोजपुर ल्याउँदै गरेको जनाइएको छ ।








