निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)ले प्रस्तावित ‘विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन एवं एकीकरण गर्न बनेको विधेयक २०८०’ का केही प्रावधानहरुलाई आपत्तिजनक भन्दै तत्काल सच्याउन माग गरेका छन् । यतिबेला देश भरीनै विधेयकको बिषयलाई लिएर नीजि विद्यालय सञ्चालकहरु यतिबेला आन्दोलनमा छन् ।

देशव्यापी आन्दोलनको कार्यक्रमहरु सार्वजनिक समेत भएको छ । सोही क्रममा रामधुनी नगर प्याब्सनले बिहीबार सुनसरीको रामधुनी नगरपालिकाकी कार्यवहाक नगर प्रमुख तारा थापालाई ज्ञापनपत्र बुझाएका छन् ।
विधेयकका कानुनी व्यवस्थाले निजी क्षेत्रको अस्तित्व नै संकटमा पार्ने खतरा रहेको विज्ञप्तीमा उल्लेख छ । प्याब्सन रामधुनीका अध्यक्ष अच्युत ढकालद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा लामो समयदेखि निजी क्षेत्रले नेपालको शिक्षा विकासमा महत्वपूर्ण योगदान दिएको उल्लेख गरिएको छ ।









