पथरीशनिश्चरे । नेकपा एमाले पथरी शनिश्चरे ८ नम्बर वडा कमिटिका अध्यक्ष युवा नेता नवीन कार्कीको पहलमा पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ८ शान्ति चोकमा रहेको किरात फाल्गुनन्द युमा माङ्गहिमको भवन निर्माण हुने भएको छ ।
सघीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट दस लाख रुपैयाँ बजेट बिनियोजन गर्न पूर्वमन्त्रि भानुभक्त ढकालको बिशेष भूमिका रहेको कार्कीले बताए । उनले आफ्नो फेसबुक स्टाटस मार्फत ढकाललाई धन्यवाद ब्यक्त गरेका छन् ।
लिम्बु भाषा पठनपाठन गर्न भवनको अभाव ब्यहोरीरहेको माङ्गहिमले उक्त योजना लागू भएपछि भने निकै ठूलो उपलब्धि हासिल गर्ने भाषा शिक्षक सन्जय लिम्बुले बताएका छन् ।
करिब एक दशक अगाडि लिम्बु भाषा पठनपाठन हुँदै आएको भएपनि त्यसयता बिभिन्न कारणले पठनपाठन बन्द भएको थियो । कार्कीले पहल गरेपछि पथरी शनिश्चरे नगरपालिकाको सहयोगमा यहि शैक्षिकसत्रदेखि पुनः पठनपाठन सञ्चालन हुने व्यवस्थापन समितिका अध्यक्ष शुकबहादुर थोप्रा लिम्बुले बताए ।
कार्की ८ नम्बरकै ठूलो कृषि बजार सोमबारे बजार व्यवस्थापन समितिका अध्यक्ष र प्रभात सामुदायिक युवा क्लबका अध्यक्ष छन् । कार्कीकै पहलमा ८ नम्बरको शैक्षिक केन्द्र बुद्ध माद्यामिक विद्यालयमा पाँच करोड रुपैयाँको लागतमा भवन निर्माण भइरहेको छ ।







