सुनसरी । सुनसरीको छुट्टा छुट्टै स्थानमा पानीमा डुबी २ जना बालिकाहरुको मृत्यु भएको छ ।
आइतबार बेलुका ४ बजे इनरुवा नगरपालिका ७ का प्रदिप दनुवारको २ वर्षीया छोरी प्रसंसा दनुवार खेल्ने क्रममा घर अगाडि रहेको नहरमा डुबेर मृत्यु भएको छ । पानीमा डुबेकी उनलाई उपचारको लागि बिराट मेडिकल कलेज टंकी मोरङ पुर्याउँदा मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।
त्यस्तै आइतबार दिउँसो साढे ३ बजे सुनसरीकै बराहक्षेत्र नगरपालिका ५ ठिकी टोलका भरत अधिकारीको १८ महिनाकी छोरी आश्मा अधिकारी आफ्नै घर छेउमा खेल्ने क्रममा बाल्टिनको पानीमा अचानक डुबी बेहोस भएकी थिइन् । बेहोस भएकी उनलाई उपचारका लागि घोपा धरानमा लगि उपचारको क्रममा बेलुका साढे ४ बजे मृत्यु भएको हो ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।