रामधुनी । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लामा १४ असारसम्म निषेधाज्ञा थप गरेको छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले थपिएको निषेधाज्ञाको अवधि भरे राती १२ बजे सकिन लागेपछि जिल्लाको डिसिसिएमसीको आज बसेको बैठकले थप एक साताको लागि निषेधाज्ञा अवधि बढाउने निर्णय गरेको हो ।
अब बिहान ५ बजे देखि १२ बजे सम्म तरकारी तथा फलफूल पसल सञ्चालन गर्न दिने निर्णय गरेको छ ।