सुनसरी । भोरको पहल र स्टोरिज अफ नेपालको सहयोगमा सर्लाहीको चन्द्रनगर गाउँपालिकाका २५ पीडित परिवारलाई त्रिपाल वितरण गरिएको छ । अपाङ्ग सेवा समिति पुनःस्थापना सेवा केन्द्र सर्लाहीका महासचिव समेत रहेका कृष्ण चन्द्र महतोको नेतृत्वमा वर्षाबाट पीडित र घरमा छानो समेत नभएर कष्टकर जीवन विताइरहेका परिवारलाई त्रिपाल वितरण गरिएको हो ।
कोरोना माहामारीले जनता पीडित भएको र यहीबेला वर्षाको मौसम आएछि निरन्तरकोवर्षा, बाढीले जीवन अझ कस्टकर बनाइरहेको बेला सहयोग गरिएको भोर संस्थाका संस्थापक राज कुमार महतोले बताए ।
उनका अनुसार नेपालको प्रदेश २ स्थित सर्लाहीको चन्द्रनगर गाउँपालिकाका गरिब र विपन्न परिवारहरु कोरोना र बाढीवर्षातको चपेटामा परेका छन् । कतिपयका घरमा राम्रो छानो समेत नभएको उनी बताएँछन् । घरको छानाबाट पानी छिर्ने गरेको अवस्थामा सहयोग प्राप्त भएको स्थानीय बताउँछन् ।
पीडितको गुनासो सुनेछि, पीडितलाई वितरण गरिएको यस त्रिपालले थोरै भएपनि राहत महसुस हुनेछ भन्ने अपेक्षा रहेको स्टोरिज अफ नेपाल जय पौडेलले बताए ।
हरेक पीडितको घरमा आफू स्वयम् पुगेर पीडितलाई त्रिपाल वितरण गरेको आदित्य महतोले जनाए । त्रिपाल वितरणका क्रममा स्वयंसेवकका रूपमा कृष्णचन्द्र महतो, पच्चुलाल माझी, उमेश साह, राज कुमार महतो, सरोज महतो, राजु महतो र आदित्य महतो उपस्थित थिए ।
यस गाउँपालिकामा आविरल वर्षाले गर्दा अरु थुप्रै पीडितहरु रहेको र सहयोग प्राप्त भएमा अरु पीडितहरुका घरमा समेत सघाउने प्रतिबद्धता समाजसेवि कृष्णचन्द्र महतोले दिए ।