Saturday, May 9, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home समाचार

बराहक्षेत्रका ८ विद्यालयले संयुक्त रुपमा जीवन ज्योती सञ्चालन गर्ने, स्नातकसम्मका कक्षा सञ्चालन गर्ने योजना

दिपक पुरी, बराहक्षेत्र by दिपक पुरी, बराहक्षेत्र
31/07/2021
in समाचार
0
बराहक्षेत्रका ८ विद्यालयले संयुक्त रुपमा जीवन ज्योती सञ्चालन गर्ने, स्नातकसम्मका कक्षा सञ्चालन गर्ने योजना
35
SHARES
873
VIEWS
Share on FacebookShare on Twitter

बराहक्षेत्र । सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर ८ बाघझोडामा रहेको जीवन ज्योति इङलिस स्कुललाई ८ वटा माद्यामिक विद्यालयहरु संगठित भई संचालन गर्ने भएका छन् ।

उच्च शिक्षा सञ्चालनको लक्ष्यसहित ८ विद्यालय संगठित भइ सञ्चालन गरिएको प्रिन्सिपल दीवस बिष्टले जानकारी गराए । शनिबार पत्रकार सम्मेलन गर्दै जीवन ज्योती स्कुल र अन्य आठ स्कुलका प्रतिनिधिले गुणस्तरीय उच्च शिक्षाका लागि संयुक्त रुपमा संगठित भइ सञ्चालन गर्न लागेको जानकारी गराइएको छ ।

READ ALSO

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

तीन वर्षदेखि कक्षा ११ र १२ को अनुमती पत्र लिएर बराहक्षेत्रमै पहिलोपटक निजी क्षेत्रबाट कलेज सञ्चालन भइरहेको छ । एकता नै बल हो भन्ने दृष्टिकोणबाट बराहक्षेत्र नगरभित्र सञ्चालित माद्यामिक तहका विद्यालयहरु संगठित भई शैक्षिक विकास गर्ने उद्देश्यले आगामी दिनमा अघि बढ्ने विष्टले जानकारी दिए ।

केही वर्ष यता प्लस टू सञ्चालन गरिरहेको जीवनज्यातीसँग बराहक्षेत्रका अन्य ७ विद्यालयले सम्झौता गरेका छन् । जीवनज्योतिको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलबहादुर बस्नेत र संगठित स्कुलबाट कृष्ण तामाङले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

बराह राइजिङ्ग स्टार इङलिस स्कुल बराहक्षेत्र २ चतरा, स्काई इङलिस स्कुल बराहक्षेत्र ३ नडाह, भरौल बाल मन्दिर इङलिस स्कुल बराहक्षेत्र ३ नडाहा, सिद्धार्थ मेमोरियल इङलिस स्कुल बराहक्षेत्र ५ कालाबन्जार, सुनसरी गार्डेन एकेडेमी बराहक्षेत्र ६ चक्रघट्टी, राजाबास इङलिस स्कुल बराहक्षेत्र ९, सनसाइन इङलिस बोर्डिङ स्कुल बराहक्षेत्र १० प्रकाशपुरले जीवन ज्योति इङलिस स्कुलसँग सम्झौता गरेको हो ।

बराहक्षेत्र नगरपालिकामा विभिन्न बिषयमा स्नातकसम्म अध्यापन गराउन बराहक्षेत्रमा भएका निजी क्षेत्र बाट सचालन हुँदै आएका माबि स्कुलहरु एक जुट भएर यस्तो सम्झौता गरेको सिद्र्धार्थ मेमोरियल इङलिस स्कुलका प्रिन्सिपल कृष्ण तामाङले बताए । दुई दसक भन्दा बढी शिक्षा क्षेत्रमा लगानी गरिसकेको र बराहक्षेत्रमा एउटा राम्रो कलेज आवश्यक भएकोले संगगिठ हुनुपरेको उनको भनाइ छ ।

जग्गा खरिद गरि केही महिना पछि देखि नयाँ भवन समेत बनाउने र भावी दिनमा स्नातकसम्मका कक्षा सञ्चालनका लागि अघि बढ्ने उनले जानकारी दिए ।

नयाँ टिममा सबै १० देखि २७ वर्षसम्म अध्यापनन गराईरहेका माबी लेभलका शिक्षक तथा सञ्चालकहरु रहेका छन् । जीवनज्योतीमा अध्ययन गर्दा चतरादेखि प्रकाशपुरसम्म स्कुलको बसको समेत व्यवस्था भएको जानकारी गराइएको छ ।

याे पनि पढ्नुहाेस् :
ग्रामीण क्षेत्रको कलेजलाई हेर्ने दृष्टिकोण बदलेका छौं : प्रधानाध्यापक बिष्ट

Tags: जीवन ज्योति स्कुलबराहक्षेत्रशिक्षा

Related Posts

चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

15/04/2026
इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
Next Post
बोकेदाह्रीको नयाँ गीत ‘केराको थम्बा’ सार्वजनिक (भिडियोसहित)

बोकेदाह्रीको नयाँ गीत ‘केराको थम्बा’ सार्वजनिक (भिडियोसहित)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.