Saturday, April 18, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home समाचार

अर्बिन एण्ड ब्रदर्श अटो धरानको सेवा अब आफ्नै भवनबाट

पूर्वकै ठूलो र अत्याधुनिक पार्टस् र स्पेयर्स शोरुम पनि सञ्चालनमा

खबरबिट by खबरबिट
17/08/2021
in समाचार
0
अर्बिन एण्ड ब्रदर्श अटो धरानको सेवा अब आफ्नै भवनबाट
10
SHARES
256
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी । धरानमा ११ वर्षदेखि भाडामा भवन लिएर सञ्चालन गर्दै आएको बजाजको अर्बिन एण्ड ब्रर्दश अटोले आफ्नै भवनबाट सेवा दिने भएको छ । मंगलबार धरानस्थित आफ्नै भवनमा शोमरुम उद्घाटन गरी सञ्चालनमा ल्याएको हो ।

धरान ८ खहरेखोला छेउमा अटोको नयाँ शोरुम हंसराज हुलासचन्द एण्ड कम्पनीका निर्देशक अभिमन्यू गोल्छा र संचालक लक्ष्मण तामाङले संयुक्त रिबिन काटेर उद्घाटन गरेका हुन् ।

READ ALSO

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

यसअघि भाडाको घरमा चलाइएको शोरुमको अहिले आफ्नै जग्गामा भवन निर्माण गरी शोरुम खोलेको अटोका सञ्चालक अरबिन्द तामाङले बताए । सञ्चालक तामाङले ११ वर्ष भाडामा बसेको र आफ्नै जग्गामा भवन बनाई आजबाट विधिवत उद्घाटन गरी सेवा सञ्चालन गरेको बताए ।

यस्तै, पूर्वकै ठूलो र अत्याधुनिक पार्टस, स्पेयर्स शोरुम पनि सञ्चालनमा ल्याइएको उनले जानकारी दिए । ‘यसअघि सानो ठाउँमा मर्मतसम्भारलगायत पार्टस पनि बिक्री गर्दै आएका थियौं,’ उनले भने, ‘त्यही भएर यहाँ आफ्नै जग्गामा आफ्नै भवन निर्माण गरेका छुट्टै स्पेयर्स र पाट्सको शोरुम पनि सञ्चालनमा ल्याएका हौं ।’

 मङ्गलबार हंसराज हुलासचन्द एण्ड कम्पनीका निर्देशक अभिमन्यू गोल्छा, महाप्रबन्धक योगेन गुरुङलगायतको उपस्थितिमा शोरुमको उद्घाटन भएको छ । कम्पनीका निर्देशक गोल्छाले रिवन काटेर दुवै शोरुमको उद्घाटन गरेका थिए । कार्यक्रममा सञ्चालक लक्ष्मण तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो ।

बजाजको नयाँ शोरुमले आफ्ना ग्राहकहरुलाई उच्चस्तरीय सेवा पुरयाउँदै सधैं अगाडि बढ्ने र बजाजको सेल्स, सर्भिस र स्पेयर्स देशभर उपलब्ध गराउन उद्देश्यलाई सार्थक बनाउन सहयोग गर्ने निर्देशक गोल्छाले बताए ।

बजाज, नेपालकै सर्वाधिक बिक्री हुने विश्वासिलो अटोमोबाइल ब्राण्डले ग्राहकहरुलाई खरिद गरेको सामग्रीमा अधिकतम मूल्य प्रदान गर्न सधै प्रतिबद्ध रहेको उनको भनाइ छ । नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर्स पार्टस् तथा एसेसरिज खरिदका लागि सहज बनाउने विश्वास लिइएको सञ्चालक तामाङ बताउँछन् । यसैको माध्यमबाट ग्राहकहरुलाई उच्चस्तरीय, विश्वस्त सेवा र अझै आधुनिक सुविधा सुनिश्चित गर्दै बजाजलाई आफ्नो बिक्रीलाई थप सशक्त बनाउने सञ्चालक तामाङको भनाइ छ ।

धरानमा नयाँ शोरुम उद्घाटन गर्न पाउँदा निकै प्रसन्न भएको महाप्रबन्धक योगेन गुरुङले बताए । ‘हाम्रा ग्राहकहरुको संख्या निरन्तर वृद्धि भइरहेको छ, उहाँहरुलाई पूर्ण सन्तुष्टि र सुविधा प्रदान गर्नु हाम्रो जिम्मेवारी हो,’ उनले भने, ‘धरानमा यो नयाँ शोरुम विस्तारसँगै, हामीले आशा गरेका छौं कि यसले ग्राहकहरुको जीवन सहज बनाउनुका साथै उनीहरुले बजाज मोटरसाइकलको नयाँ अनुभव बटुल्ने अवसर प्राप्त गर्नेछन् ।’

शोरुम उद्घाटनको अवसरमा ग्राहकहरुलाई आकर्षक उपहारको व्यवस्था पनि गरिएको उनले जानकारी दिए ।

 

Tags: अर्बिन एण्ड ब्रदर्श अटोधरान

Related Posts

चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

15/04/2026
इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
Next Post
बोकेदाह्रीको ‘गीत बज्यो ट्याक्सीमा’ (भिडियोसहित)

बोकेदाह्रीको 'गीत बज्यो ट्याक्सीमा' (भिडियोसहित)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.