रामधुनी : नेपाली काँग्रेस रामधुनीका युवा नेता सुदीप अधिकारीले आफ्नो प्यानलको उम्मेदवारी घोषणा गरेका छन् । मंगलबार रामधुनी ५ मा रहेको कल्पवृक्ष प्यार्टी प्यालेसमा आयोजित उम्मेदवारी घोषणा सभामा काँग्रेस नगर सभापतिमा अधिकारीसहित उनको प्यानलले उम्मेदवारी घोषणा गरेको हो ।
नेपाली काँग्रेस रामधुनी नगर सभापतिमा अधिकारी, उपसभापतिमा आशा चौधरी र बल बहादुर खड्का, सचिवमा महेश चौधरी र दोस्तीराम चौधरीले उमेद्वारी घोषणा गरेका हुन् । त्यसैगरी सहसचिवमा सुरेश माझी र सरल कटुवालले उमेदवारी घाेषणा गरेका छन् ।
कोषाध्यक्षमा भने नगरबाट चुनिएर आएका मधेसी, मुस्लिम तथा थारु प्रतिनिधि मध्येबाट एक जनालाई मानोनित गरिने अधिकारीले बताए ।
कोषाध्यक्ष र कार्यसमिति सदस्यहरू वडाबाटै प्रतिनिधित्व गरी आउने नेपाली काँग्रेसको विधानमा उल्लेख रहेको छ । काँग्रेसको निर्वाचन कार्यपालिका अनुसार नगर अधिवेशनअसोज ९ गते हुँदैछ ।
अधिकारीले भुगोल समावेशी, जातजाती समावेशी, जुझारु र ऊर्जावान् सबै समुह तथा क्षेत्रका व्यक्तिहरुको उमेद्वारी रहेकाले जित सुनिश्चित रहेका बताए ।
कम्युनिस्टको कब्जामा रहेको रामधुनीका धेरै वडालाई काँग्रेस मय बनाई स्थानीय तहको निर्वाचनमा सबै बडामा जित सुनिश्चित हुने गरी सबैलाई समेटेर काम गर्ने गरीको टिम निमार्ण गरी आफ्नो पुनः उम्मेदवारी घोषणा गरेको बताए ।