रामधुनी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट राष्ट्रिय युवा संघ नेपाल रामधुनी नगर कमिटीको अध्यक्षमा मनिष काफ्ले र युथ फोर्स रामधुनीको प्रमुखमा सन्देश कोइराला चयन भएका छन् ।
रामधुनीमा एक कार्यक्रमको आयोजना गरि युवा संघ र युथ फोर्सको रामधुनी नगर कमिटी घोषणा गरिएको हो ।
काफ्लेको नेतृत्वमा ७५ सदस्यीय युवासंघ रामधुनी नगर कमिटी र कोइरालाको नेतृत्वमा ५१ जनाको युथ फोर्स कमिटी निर्माण गरिएको हो ।
युवासंघ रामधुनीको उपाध्यक्षमा प्रकाश विक, सचिवमा पर्शुराम लुइटेल, र उप-सचिवमा राजेश गिरी तथा ओमराज चौधरी चयन भएका छन् । त्यस्तै, युथ फोर्सको उप–प्रमुखमा उमेश कार्की चयन भएका छन् ।
राष्ट्रिय युवा संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष तथा संगठन विभाग प्रमुख एवंम युथ फोर्स प्रमुख क्षितिज थेवेको प्रमुख आतिथ्यता रहेको सो कार्यक्रममा एमाले सुनसरीका अध्यक्ष रेवती रमण भण्डारी लगायत जिल्ला, प्रदेशका नेताहरूको उपस्थिती रहेको थियो ।







