Friday, April 17, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home FEATURE 2

अन्तर्राष्ट्रिय युवा दिवस : नमुना कलेजमा अन्तरक्रिया, रक्तदान र सांस्कृतिक कार्यक्रम

खबरबिट by खबरबिट
11/08/2022
in FEATURE 2, समाचार
0
अन्तर्राष्ट्रिय युवा दिवस : नमुना कलेजमा अन्तरक्रिया, रक्तदान र सांस्कृतिक कार्यक्रम
11
SHARES
280
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी । इटहरी नमुना कलेजले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेको छ । अगस्त १२ का दिन दिवस भएपनि सार्वजनिक विदा भएकाले कलेजले केही दिन अघिदेखिनै अन्तरक्रिया, रक्तदान लगायतका कार्यक्रम आयोजना गरी दिवस मनाएको हो ।

विहीबार कलेज प्राङ्गणमा एकै साथ सांस्कृति कार्यक्रम र रक्तदान कार्यक्रम अयोजना गरिएको थियो । सांस्कृतिक कार्यक्रममा विद्यार्थीहरुले नृत्य, गायन लगायतका प्रतिभाहरु प्रस्तुत गरेका थिए । सँगै केही विद्यार्थीले युवाका विविध विषयमा आफ्ना विचार राखेका थिए । कक्षा १२ अन्तरगत कानुन अध्ययनरत केही विद्यार्थीहरुले अदालतको अभ्यास अन्तरगत नमुना अदालत समेत प्रस्तुत गरेका थिए ।

READ ALSO

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

May be an image of 8 people and people standing

त्यसैगरी सामाजिक कार्य विभागको आयोजनामा भएको रक्तदान कार्यक्रममा ६० पिन्ट रगत संकलन भएको थियो ।

कलेजले स्थापनाकाल देखि नै युवा तथा सामाजिक क्षेत्रमा काम गर्दै आएको र सोही कार्यक्रमको निरन्तरता स्वरुप विभिन्न कार्यक्रममार्फत युवा विद्यार्थीहरुलाई समाज र देशप्रति जिम्मेवार बनाउन उत्प्रेरित गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको कलेज प्रमुख धर्म न्यौपानेले बताए । स्नातक तहअन्तरगत सामाजिक कार्य विषय अध्ययनरत विद्यार्थीहरुले अध्ययनसँगै समाज बुझ्ने किसिमका कार्यक्रमहरु गरिरहेको र युवा विकासका लागि समेत यस्ता किसिमका कार्यक्रमले सहयोग पुग्ने सामाजिक कार्य विभाग प्रमुख नितेश गौतमले बताए ।

संचालक समितिका अध्यक्ष केशव खड्काले युवाहरु विना देशको राजनैतिक, आर्थिक, सामाजिक लगायतका परिवर्तन सम्भव नभएका कारणले उनीहरुलाई सहि ढङ्गले राज्यले व्यवस्थापन गर्नुपर्नेमा जोड दिए ।

पछिल्लो समयमा युवाहरु देशको विषम परिस्थितिको कारणले गर्दा युवा शक्ति ठूलो संख्यामा विदेश पलायन भइरहेकाले त्यसलाई रोक्नका निम्ति केन्द्रदेखि स्थानीय सरकारले युवा स्वरोजगार कार्यक्रममा जोडदिनु पर्नेमा कार्यक्रमका विशेष अतिथि युवा उद्यमी सन्तोष धमलाले जोड दिए ।

बुधबार समेत युवाका विविध विषयमा अन्तरक्रिया कार्यक्रम गरिएको थियो । स्नातक र ११ तथा १२ कक्षा गरी दुई भागमा भएको औपचारिक कार्यक्रममा युवाका समस्या, चुनौती, अवसरलगायतका विषयमा शिक्षक तथा विद्यार्थीहरुले आफ्ना विचार राख्नुका साथै अन्तरक्रिया समेत गरिएको थियो ।

“अन्तर पुस्ता ऐक्यबद्धता ः “सबै उमेर समुहमैत्री विश्व निर्माणमा प्रतिवद्धता” भन्ने मुल नाराका साथ यस वर्ष अन्तर्राष्ट्रिय युवा दिवस मनाइदैँछ । अगस्त १२ मा दिवस भएपनि देशका विभिन्न युवा क्लब, संघसंस्थाहरुले सप्ताहव्यापी कार्यक्रम समेत आयोजना गरिरहेका छन् ।

May be an image of 1 person and standing

Tags: अन्तर्राष्ट्रिय युवा दिवसइटहरी नमुना कलेज

Related Posts

चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

15/04/2026
इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
Next Post
नमुना कलेजद्वारा बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, पाँच सय जना लाभान्वित

नमुना कलेजद्वारा बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, पाँच सय जना लाभान्वित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.