झापाको गौरादह नगरपालिका–८ स्थितमा आफ्नै भतिजालाई गोली हानी फरार भएका काका स्वयम् गाली लागेर मृत अवस्थामा मंगलबार फेला पेरका छन् ।
१५ बर्षीय हेमराज साह (भतिजा) लाई गोली प्रहार गरी फरार भएका ३५ बर्षीय बिरन साह (काका) आफै गोली लागि मृत अवस्थामा कात्तिक १ गते साँझ ७ बजे आफ्नो घरबाट १०० मिटर टाढा फेला परेका छन ।
गौरादह–८ जुरोपानीका बिरन साहले आफ्नै दाई उमेश साहको छोरा हेमराज साहलाई वाद बिवाद हुँदा गोली प्रहार गरी घाईते बनाइएका थिए । अभियुक्त बिरन सुकुना खोला किनारमा कन्चटमा गोली लागि मृत अवस्थमा फेला परेका थिए ।
घाईते हेमराजको विएनसी अस्पताल बिर्तामोडमा उपचार भईरहेको छ ।
घटना स्थलमा खटिएको प्रहरी टोलीले घटना स्थलबाट १ थान कटुवा पेस्तोल, २ थान म्यागजिन, १ थान प्रहार भएको गोली र १५ राउण्ड गोली बरामद गरेको र घटना सम्वन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।