राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले बिहीबार आगामी चुनावका लागि “वाचापत्र” सार्वजनिक गरेको छ । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचन पछि आगामी ५ बर्षका लागि आफ्नो बाचा पत्र सार्वजनिक गरेको छ । पार्टीका सभापति रवी लामिछानेले नेपाल प्रज्ञा पतिष्ठान कमलादीमा एक कार्यक्रमका विच पार्टीको वाचा पत्र (घोषणापत्र) सार्वजनिक गरेका हुन ।
उक्त कार्यक्रमलाइ सम्बोधन गर्ने क्रममा संघीय सरकार जनताद्वारा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको प्रस्ताव अघि सारेको र गरिबीलाई आगामी ३० बर्ष भित्रमा सून्यमा ल्याएर जनतालाई स्वरोजगार बनाउने वाचा व्यक्त गरेकाछन् ।
त्यस्तै वडाध्यक्षदेखि संघीय संसद्सम्म सम्मिलित बृहत् निर्वाचन मण्डलबाट राष्ट्रपति चुनिने प्रस्ताव अघि सारेको छ । त्यसैगरी राष्ट्रपतिमा निर्वाचित हुनका लागि कुनै पनि राजनीतिक दलमा नलागेको वा राजनीतिक लाभ नलिएको १० वर्ष पूरा भएको वंशज नेपाली नागरिक हुनुपर्ने रास्वपाको एजेन्डा छ ।
रास्वपाको वाचापत्रमा भनिएको छ, “गरिबीको रेखामुनि रहेका नेपालीको संख्या शून्य हुनेछ । सबै नागरिकको सामाजिक र आर्थिक सुरक्षाको ग्यारेन्टी हुनेछ ।” त्यस्तै आधुनिक सुविधासम्पन्न गाउँहरू हुने र सहरहरू गाउँजस्ता हुने पनि रास्वपाको परिकल्पना छ ।
त्यस्तै उपराष्ट्रपति राष्ट्रिय सभाका अध्यक्ष हुने व्यवस्था गर्ने पनि उसको एजेन्डामा छ । भारतसहित केही मुलुकमा उपराष्ट्रपति माथिल्लो सभाको अध्यक्ष हुने व्यवस्था छ ।
त्यस्तै प्रदेशमा पनि जनताद्वारा निर्वाचित मुख्यमन्त्री रहने व्यवस्थाको पक्षमा रास्वपा देखिएको छ । त्यस्तै संवैधानिक परिषद् खारेज गरी प्रतिनिधिसभामा सुनुवाइ गरी संवैधानिक निकायहरूमा नियुक्ति हुने प्रबन्ध मिलाइने उसको वाचापत्रमा लेखिएको छ ।
त्यस्तै २११० सम्म नेपाल विश्वकै शान्ति क्षेत्रका रूपमा स्थापित हुने र विश्वकै घुम्नलायक पर्यटकीय गन्तव्यका रूपमा रहने पनि वाचापत्रमा समेटिएको पार्टीले जनाएको छ ।
त्यस्तै नेपाल विश्वमै न्यून भ्रष्टाचार हुने मुलुकमा पर्ने वाचापत्रमा उल्लेख छ । त्यस्तै खेलकुद क्षेत्रमा पनि नेपालले उक्त अवधिमा महत्त्वपूर्ण उपाधि हासिल गरिसकेको हुने रास्वपाको परिकल्पना छ । “खेलकुदमा अन्तर्राष्ट्रिय (ओलम्पिक, क्रिकेट ट्वान्टी–२० विश्वकप) पदक हासिल गरिसकेका हुनेछौँ,” रास्वपाको वाचापत्रमा उल्लेख छ ।