सुनसरी । लौकहीमा आयोजना हुने संयुक्त चुनावी जनसभालाई सम्बोधन गर्न नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली तथा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव आउदै छन् ।
नेकपा (एमाले) तथा जनता समाजवादी पार्टी नेपालको संयुक्त चुनावी जनसभालाई सम्बोधन गर्न अध्यक्ष ओली तथा जसपा नेपालका अध्यक्ष यादवले सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा (एमाले) निर्वाचन प्रचारप्रसार समिति सुनसरीले जनाएको छ ।
सो कार्यक्रममा आगामी प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यका उम्मेद्वारहरुले सम्बोधन गर्ने कार्यतालिका रहेको जनाएको छ ।
संयुक्त जनसभा आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचन लक्षित गरेर आयोजना गरिएको आयोजक समितिले जनाएको छ ।