रामधुनी । सुनसरीको रामधुनी नगरमा रौनियार सेवा समितिको नयाँ कार्यसमिति चयन भएको छ ।
मंगलबार नगर कमिटीको दोश्रो अधिवेशनले हरिवंश साह रौनियारको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो ।
कमिटिको प्रथम उपाध्यक्षमा भोला रौनियार, द्वितीय उपाध्यक्षमा रामभोरसी रौनियार, सचिवमा फस्ट नारायण रौनियार चयन भएका छन् । त्यसैगरी सहसचिवमा अजय रौनियार , कोषाध्यक्षमा इन्द्र रौनियार र सह-कोषाध्यक्षमा मुकेश रौनियार चयन भएका छन् ।
सो समितिले लामो समयदेखि छठ पर्वमा निःशुल्क चियापान, सिरूवा मेला तथा बोलबममा निःशुल्क सरवत पानी वितरणलगायतका अन्य सामाजिक कामहरू गर्दै आएको छ । अझ सामाजिक कामहरु बढाउँदै जाने समितिका प्रथम उपाध्यक्ष भोला रौनियारले बताए ।
नयाँ चयन कार्यसमितिको कार्याकाल ३ वर्षको हुनेछ ।