सुनसरी । बराहक्षेत्र नगरपालिका ३ स्थित रहेको दिपक भिडियोग्राफीद्वारा आयोजित तिज विशेष फोटो प्रतियोगिता २०७६ का विजेताहरुलाई पुरस्कार प्रदान गरिएको छ ।
तिज फोटो प्रतियोगितामा बराहक्षेत्र ३ की संगिता वन प्रथम र मोरङ केराबारीकी इस्मि नेम्वाङ द्वितीय भइन् । एक हजार तीन सय ९६ लाइक पाएर वन प्रथम भइन् भने द्वितीय हुने नेम्वाङको फोटोमा एक हजार तीन सय ४० लाइक आएको थियो । वनले ५६ बढी लाइकले प्रतियोगिताको उपाधि जितेकी हुन् ।
उक्त पुरस्कार बुधबार बराहक्षेत्र नगरपालिकाका पत्रकार नवराज बिष्ट, प्रकाश दिप्साली, हिरण्य कार्की, प्रदीप चौधरी, मनोज विष्ट लगायतको उपस्थितिमा वितरण गरिएको थियो । बराहक्षेत्र ६ मा रहेको सप्तकोसी क्याम्पस प्रमुख खगेन्द्र निरौला समेतको उपस्थितिमा नगद ५ हजार रुपैयाँसहित प्रमाणपत्र र मायाको चिनो हस्तान्तरण गरेको हो ।
उक्त प्रतियोगितामा जम्मा १ सय ९० जनाले सहभागिता जनाएका थिए ।