सुनसरी । बराहक्षेत्र १ टाउको छिनेकाे अवस्थामा एक महिलाको शव मंगलबार फेला परेको छ ।
बराहक्षेत्र १ चतरा–रामपुर सडक खण्डमा पर्ने दुधपाने खोलामा महिलाको टाउको छिनाएर हत्या गरी फालिएको अवस्थामा प्रहरीले शव फेला परेको हो । सशस्त्र प्रहरी बल चतराका प्रमुख अशोक न्यौपानेले शव फेला परेको महिलाको टाउको छिनाएर कसैले हत्या गरेको हुनसक्ने बताए ।
उनका अनुसार महिलाको शरीरको भाग फेला परेको ठाउँदेखि करिब २१ मिटर टाढा टाउको फेला परेको हो । टाउकोरहेको स्थानबाट छुरी समेत बरामद गरिएको न्यौपानेले बताए । शव फेला परेकी महिलाको हुलिया अनुसार तराई समुदायकी हुन सक्ने अनुमान गरिएको उनले बताए । हत्या १५÷२० दिन अगाडि भएको हुनसक्ने अनुमान गरिएको न्यौपानेले बताए ।
स्थानीय घाँस काट्न जाँदा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । टाउको सेउलाले छोपेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख सरणकुमार दाहालसहितको टोलि र सशस्त्र प्रहरी बलको टोली घटनास्थलमा पुगेर शव नियन्त्रणमा लिएको थियो । पोस्टमार्टमका लागि शव धरान स्थिति वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पाइएको प्रहरीले जनाएको छ ।