सुनसरीको रामधुनी नगरपालिकामा रहेको शंकरबेली तालमा डुबेर एक पुरुषको मृत्यु भएको छ ।
बराहक्षेत्र नगरपालिका ४ का ५० वर्षीय सिताराम चौधरीको माछा मार्ने क्रममा डुबेर मृत्यु भएको हो ।
सोमबार दिउँसो पौने ३ बज रामधुनी ६ मा रहेको शंकरबेलि तालमा जाल हानी माछा मार्ने क्रममा अचानक सोही तालमा डुबेर चौधरीको मृत्यु भएको भन्ने खबर प्रहरीलाई प्राप्त भएको थियो ।
खबर प्राप्त भएसँगै इलाका प्रहरी कार्यालय पकलीबाट प्रहरी टोली गई कानूनी प्रकृया पुरा गरी शव परीक्षणको लागी बि.पी.कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाएको छ ।
अन्य थप अनुसन्धान भइरहेको उक्त प्रहरी कार्यालयले जनाएको छ ।