बराहक्षेत्र । बराहक्षेत्र नगरपालिका ६ मा रहेको यु.बी. खाजा घरमा यौन व्यवसाय सञ्चालन गरेको आरोपमा प्रहरीले होटल सञ्चालिकासहित पाँच जनालाई पक्राउ गरेको छ ।
गत आइतबार प्रहरीले उक्त होटलकी सञ्चालिका र अन्य ४ पुरुषलाई पक्राउ गरेको हो ।
उक्त होटेलमा काम गर्नका लागि १४ देखि १६ वर्षका बालिकाहरुलाई राखिएको र तिनीहरुलाई नै पैसाको प्रलोभन देखाएर यौन कियाक्रलपमा संलग्न गराएको हुन सक्ने स्थानीयकाे भनाइ छ ।
उक्त आरोपितहरुलाई पक्राउ गरि थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ । थप अनुसन्धान भइरहेकाले यस विषयमा अहिलेनै केही बोल्न नमिल्ने प्रमुख पाण्डव राजवंशीले बताए ।