रामधुनी । कोरोना संक्रमणका कारण रामधुनीमा एक पुरुषको मृत्यु भएको छ ।
एक वर्षदेखि क्षेत्रीय कारागार झुम्कामा कैद सजाय भोगिरहेका रामधुनी ५ का ४३ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको नगरपालिका स्वास्थ्य शाखाका नगेन्द्र पौडेलले पुष्टि गरे ।
केही दिनदेखि ज्वरो आइरहेकाे उनलाई उपचारका लागि शुक्रबार जिल्ला अस्पताल इनरुवा लगिएको थियो । इनरुवाले धरानस्थित कोभिड अस्पतालमा रिफर गरेपछि उनलाई धरान लगिएको र उनको सोही अस्पतालमा उपचारको क्रममा शुक्रबार बेलुकी मृत्यु भएको पौडेलले जानकारी दिए । उनको रिपोर्ट पोजेटिभ आएको कोभिडि अस्पताललाई उदृत गर्दै पौडेलले बताए ।
कारागारमा उनीसँग सम्पर्कमा रहेका अन्य कैदीहरुको शनिबार (आज) पीसीआर परीक्षण गर्ने तयारी गरिएको छ । जिल्ला अस्पताल कार्यालय इनरुवाको टोलीले करिब ३० जना कैदीको पीसीआर परीक्षण गर्ने कारागार प्रशासनले जनाएको छ ।
उनी एक वर्षअघि जबरजस्ती करणी उद्योग अन्तर्गत कैद सजाय भाेगिरहेका थिए ।
रामधुनी नगरमा कोरोना संक्रमणका कारण मृत्यु भएको यो पहिलो केस हो ।