रामधुनी । जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधाज्ञा थप गरेको छ । आइतबार प्रशासनले साउन ३२ गतेसम्म जिल्लाका सबै क्षेत्र निषेधाज्ञा गर्ने निर्णय गरेको छ ।
यसअघि प्रशासनले २६ गते रातिसम्म मात्रै जिल्लाभरी निषेधाज्ञा गर्ने निर्णय गरेको थियो ।
जिल्लामा कोरोना संक्रमितको संख्या दैनिक बढ्दै गएकाले यसअघिको निर्णयलाई पुनरावलोकन गरी ३२ गते राति १२ बजेसम्म् निषेधाज्ञा गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय सुनसरीद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।
बजार पसल खोल्ने हकमा भने स्थानीय तहलाई अधिकार भएको जनाइएको छ ।