निशान प्रकृति थारु, रामधुनी । थारु सांस्कृतिक कला मञ्चले पूर्वी नेपालका विभिन्न थारु कलाकारहरुलाई एक कार्यक्रमबीच सम्मान तथा पुरस्कृत गरी सम्मान गरेको छ ।
मोरङको ग्रामथान–३ रङटोली स्थित लक्ष्मी आधारभुत विद्यालय प्राङगणमा पूर्वका सातजना थारु कलाकारहरुलाई सम्मान गरेको हो ।
सम्मानित तथा पुरस्कृत हुनेहरुमा उत्कृष्ट गायक÷गायिका राजेन्द्र खाँ, गीता चौधरी उत्कृष्ट नायक/नायिका तर्फ राजेन्द्र भगत, कौशल चौधरी, उत्कृष्ट खलनायक अजय सरदार छन भने नृत्य निर्देशक दर्बीलाल सरदार र नवप्रतिभा गीतकार कृष्ण चौधरी रहेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि मोरङ क्षेत्र–४ प्रतिनिधि सभा सदस्य अमनलाल मोदी, विशिष्ट अतिथि पूर्व एसपी विद्यानन्द माझी, थारु कल्याणकारीणी सभा मोरङका अध्यक्ष प्रदिप भगत लगायतले थारु सांस्कृति कला अवार्ड–२०७६ बाट कलाकारहरुलाई गत १ माघमा सम्मान गरेका थिए ।
कलाकारहरु राष्ट्रियका गहना भएकाले सम्मान गर्नुपर्छ, सांगीतिक क्षेत्रमा दिएको योगदानलाई सबैले कदर गर्नुपर्ने कार्यक्रम संयोजक तथा गायक प्रवलदीप विश्वासले बताए ।
यस्ता किसिमका कार्यक्रमलाई निरन्तरता दिँदै कलाकारलाई सम्मान गर्दै लैजाने उनको भनाइ छ ।