ट्रकको ठक्करबाट तेह्रथुमको म्याङ्लुङ नगरपालिका–७ स्थितमा सहचालकको मृत्यु छ ।
ताप्ली गाउँपालिका–४ उदयपुर घर भएका २५ बर्षीय दिपक राउतको मृत्यु भएको प्रहरीले जनाएको छ । मंगलबार (हिजो) बिहान प्रदेश नम्बर १(००२(००२ ख ८४५१ नम्बरको ट्रकबाट किराना पसलको सामान झार्ने क्रममा सह–चालक राउतलाई ट्रकको पछाडिको भागले ठक्कर दिएको थियो ।
ट्रकको ठक्करबाट घाईते भएका राउतको जिल्ला अस्पताल तेह्रथुममा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
साथै घटनामा संलग्न चालक खगेन्द्र कोइरालासहित ट्रकलाई नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।