इटहरी: पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष महेश दाहालमाथि विद्यार्थीहरूले कालोमोसो दलेका छन् ।
आफूहरूका विभिन्न माग सम्बोधन नभएको भन्दै (आज) साेमबार दाहाललाई विद्यार्थीहरूले कालो मोसो दलेर दुर्ब्यवहार गरेका हुन् ।
पूर्वाञ्चल विश्वविद्यालयभित्र अनेकौँ समस्या समाधानका लागि विभिन्न मागसहितका ध्यानाकर्षण गराउँदा पनि सेवा आयोगले सुनुवाई नगरेको विद्यार्थी नेताहरूको आरोप छ ।
उपकुलपतिले माग सम्बोधनको लागि वार्ता गरेपनि सेवा आयोगले आफ्ना मागहरूको वेवास्ता गरेकोले कालो मोसो दलेर चेतावनी दिएको नेपाल विद्यार्थी संघ मोरङका सभापति सरोज पोखरेलले जानकारी दिए ।