पथरीशनिश्चरे । नगरमा स्थापित प्रभात सामुदायिक युवा क्लबले संस्था स्थापनाको २५ वर्षपुगेको अवसरमा रजत महोत्सव मनाउने भएको छ । संस्थाले रजत महोत्सवको अवसरमा साताव्यापी कार्यक्रम गर्ने भएको छ ।
संस्थाले १८ कात्तिकमा बैठक बसेर साताव्यापी कार्यक्रम गर्ने निर्णय गर्नुका साथै जिम्मेवारी समेत सुम्पिएको क्लबका अध्यक्ष नबिन कार्कीले बताए ।
साताव्यापी कार्यक्रम अन्तरगत मंसिर ६ गते विद्यालय स्तरीय हाजिरी जवाफ, ७ गते पथरीशनिश्चरे बुक क्लबसँगको सहकार्यमा साहित्यिक कार्यक्रम गर्ने कार्कीले बताए । त्यसै गरी क्लबले ८ गते विद्यालयमा हात धुने तालिम सञ्चालन गर्ने, ९ गते सरसफाइ र हण्डी फोर, १० गते बत्ती काड्ने र बालबालिकाको मेमरी पावर चेक कार्यक्रम गर्ने जनाएको छ ।
त्यस्तै क्लबले ११ गते स्लो बाइक रेस र ढल्के जोवन फुटबल प्रतियोगिता, १२ गते म्याराथुन र १२ गते क्लब भवन उद्घाटन, सांस्कृतिक कार्यक्रम र पुरस्कार बितरण तथा समापन कार्यक्रम गर्ने निर्णय गरेको छ ।
साताव्यापी कार्यक्रम गर्न पाउनु आफुहरुको सौभाग्य रहेको क्लबका अध्यक्ष कार्कीले बताए । ‘यो सौभाग्य हामीले पाएका छौं, न त अघिका ले पाए । न त आउनेले नै पाउनेछन्,’ उनले भने, ‘यो हाम्रा निम्ति अवसर हो ।’
‘बिपत्मा पहिले, विकासमा जहिले’ मुल नारा बोकी ५१ सालमा स्थापित यस क्लबले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । वार्षिक रुपमा युवाहरुलाई उत्प्रेरणा दिनेखालका कार्याक्र समेत गर्दै आएको छ ।