सुनसरी । बराहक्षेत्र १ चतरा बजारमा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा पोस्ट चतराले सफा चतरा अभियान सञ्चालन गरेको छ ।
लाई पर्यटकीय क्षेत्र बनाउने उद्देश्यले गत शनिबारदेखि सशस्त्र प्रहरीले सरसफाइ अभियान सञ्चालन गरेको सुरक्षा पोस्ट चतराका प्रमुख असोक न्यौपानेले बताए ।
२०२० लाई पर्यटन वर्षको रुपमा मनाइदै गर्दा चतरा पनि एक पर्यटकीय क्षेत्र भएको र यस क्षेत्र धार्मिक क्षेत्र भएकोले विभिन्न ठाउँबाट भक्तजन आउने उल्लेख गर्दै उनले शनिबार विहान एक घण्टा सरसफाइ गर्ने गरिएको जानकारी दिए ।
चतराको बजार क्षेत्र, औलिया मन्दिरलगायतका ठाउँहमा स्थानीयसँगको सहकार्यमा सरसफाइ अभियान सञ्चालन गरिएको हो । चतराको बजार र मन्दिर क्षेत्रलाई विशेष ध्यान दिँदै अभियान सञ्चालन गर्ने न्यौपानेले बताए ।